काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच मंगलबार साँझ भेटवार्ता भएको छ । महासचिव विप्लवसहित सोही पार्टीका प्रवक्ता खड्क बहादुर विश्वकर्मा (प्रकाण्ड) कोटेश्वर पुगेर अध्यक्ष नेपालसँग भेटवार्ता गरेका हुन ।
भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको नेकपा निकट पत्रकार संगठनका अध्यक्ष प्रकाश डुम्रेले जानकारी दिए । पछिल्लो विकसित राजनीतिक घटनाक्रम र समाजवादी मोर्चालाई अगाडि बढाउने विषयमा नेताहरूबिच गम्भीरतापूर्वक छलफल भएको बुझिएको छ ।
समाजवादी मोर्चाको संयोजक समेत रहेका विप्लवले काठमाडौँ केन्द्रित भेटघाट बढाएको नेकपा स्रोतले बताएको छ । समाजवादी मोर्चाको संयोजक समेत रहेका विप्लवले काठमाडौं केन्द्रित भेटघाट तीव्र बनाएको नेकपा स्रोतले बताएको छ ।



















