पथरी — मोरङको पथरीशनिश्चरे श्री पञ्चायत माविले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
हाम्रो भूमि : हाम्रो भविष्य भन्ने मूल उद्घोषका साथ पञ्चायत माविले आज जुन ५ तारिख पर्न गएको विश्व वातावरण दिवसको अवसरमा बृक्षा रोपण कार्यक्रम गरेको हो ।
प्रदेशको नमुना मानिएको यो माविमा गत वर्षयता रोपिएका कैयौं वृक्षहरूको मलजल र संरक्षण गर्दै यसपटक सयभन्दा बढी नयाँ प्रजातिका विरुवाहरू रोपेर मानिएको प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले जानकारी दिए ।
शैक्षिक गुणस्तर भनेको वातावरणीय सफाइसहित पर्यावरण सन्तुलन कायम राख्न पर्यावरणीय दृष्टिकोणले बालबालिकालाई यसतर्फ जोडनु पनि हो विद्यालय व्यवस्थापन समिति अध्यक्ष युवराज बास्कोटाले बताए ।
संरक्षण सँगसँगै रोपिएका थुप्रै प्रजातिका वृक्षहरूमा धुपी, स्वामी, वर, पिपल, टिक, निम आदि रहेको प्रधानाध्यापक बुढाथोकीले बताए ।
दिउँसोको सत्रमा अध्ययनरत विद्यार्थीहरूको साथ र सहयोग लिएर उनीहरुको उपस्थितिमा सम्पन्न बृक्षारोपण कार्यक्रममा प्रधानाध्यापक सँगसँगै शिक्षक टीका घिमिरे, उपेन्द्र बस्नेत, दिनेश सुवेदी, रवि मण्डललगायतको सक्रिय सहभागिता रहेको थियोे ।


















