विराटचोक — मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जय प्रकाश गच्छदारको आज निधन भएको छ ।  ब्रेन ह्याम्जेज भएर थलिएका अध्यक्ष गच्छदारको आज दिउँसो मृत्यु भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

गच्छदार गत माघ १० गते भएको राष्ट्रिय सभा निर्वाचनका लागि विराटनगर पुगेका उनलाई त्यतिखेरै  ब्रेन ह्याम्जेज भएको थियो । राति होटेल इस्टर्न स्टारमा एकासी ढलेका थिए। ढले लगतै गच्छदारलाई नोबेल शिक्षण अस्पतालमा भर्ना गराएको थियो 

स्थानिय तहको निर्वाचननमा उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । चार महिना देखी अर्धचेत रहेका उनी लामो समय विराटनगर स्थित नोवेल अस्पतालमा उपचारत थिए । परिवारिक श्रोतका अनुसार उनको भोली स्थानिय आर्यघाटमा अन्तिम दाहसस्कार गरिने ग्रामथान गाउँपालिका वडा  न ४ का वडा अध्यक्ष बद्री माझीले जानकारी दिए ।