विराटनगर -  बिराटनगर जलमग्न बनेको छ । वर्षासँगै खोलामा आएको बाढी बस्तीमा पसेको छ । विराटनगरको पूर्वतर्फ संघीया र पश्चिमतर्फ केसलीया खोला रहेका छन् । उक्त खोलामा आएको बाढी तटीय बस्तीमा पसन थालेको मोरङ प्रहरी जानकारी  दिएको छ ।

खोलाको बाढी विराटनगर महानगरपालिका ६ स्थित खोला आसपासका बस्तीमा पस्दा करिब ५ सय घर डुबानमा परेको वडा नम्बर ६ का वडा अध्यक्ष हरिशचन्द्र सहनीले जानकारी दिए ।

वडा नम्बर १२ को बस्तीमा केसलिया खोलाको बाढी पसेको छ । सो वडाका खोला किनारका ६० बढी घर डुबानमा परेका छन् ।

पानीको बहाव बढेपछि सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । मङ्गलवार रातिदेखि परेको पानी नरोकिएका कारण विराटनगरका विद्यालय पनि बिदा भएका छन् ।

महानगरले अवस्था अनुसार निर्णय गर्न निर्देशन दिएपछि अधिकांश विद्यालय बिदा भएका हुन् ।