पथरी — मोरङको पथरी शनिश्चरे स्थित रेडस्टार माध्यमिक विद्यालयले यस वर्षको एसईईको रिजल्ट कोशी प्रदेशकै उत्कृष्ट ल्याएको दावी गरेको छ। विद्यालयले शुक्रबार एक कार्यक्रम गर्दै कोशी प्रदेशकै उत्कृष्ट ल्याएको दावी गरेको हो ।
४ जिपिए सहित कोशी प्रदेशकै उत्कृष्ट रिजल्ट ल्याएको भन्दै विद्यालयले आफ्ना विद्यार्थीहरु सतिश आचार्य र अजय लिम्बुलाई ५० हजार रुपैयाँ नगद सहित सम्मान गरेको छ । विद्यालयले उनीहरु संगै उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई पनि सम्मान गरिएको प्रिन्सिपल टिएन तिम्सिनाले बताए ।
यस विद्यालयबाट परीक्षा दिएका ७५ जना विद्यार्थीहरुमध्यें ४ जीपीए ल्याउने २ जना, ३.६ माथि जिपिए ल्याउने ६ जना , ३.२देखि ३.६ मुनि जीपीए ल्याउने २१ जना विद्यार्थीहरू रहेका छन्।
नेपाल सरकार तथा ब्रिटिस काउन्सिलबाट अन्तर्राष्ट्रिय स्कुल अवार्ड ( ISA) प्राप्त गर्न सफल यस विद्यालयले बिगत ५ वर्षदेखि निरन्तर रुपमा पथरीशनिश्चरे क्षेत्रभित्र सर्वाेकृष्ट नतिजा ल्याउन सफल हुँदै आएको प्रिन्सिपल तिम्सिनाले बताए।
उनले विद्यालयले नगरमै शैक्षिक 'हब' को रुपमा स्थापित गर्दै विद्यार्थीहरूले सर्वांगीण विकास र गुणस्तर सुधारका लागि विद्यालय परिवार र सिंगो व्यवस्थापन समिति लागी परेको भन्दै विद्यालयबाट उत्कृष्ट नतिजा हासिल गर्ने सम्पूर्ण विद्यार्थीहरुलाई बधाई सहित शुभेच्छा प्रकट गरे। सोहि अवसरमा ४ जिपिए हासिल सतिश आचार्य र अजय लिम्बुले सर्वोकृष्ट नजिता हासिल गर्न मोफसलमा बसेर पनि अब्बल र उत्कृष्ट नतिजा हासिल गर्न सकिने बताएका छन् ।
उक्त अवसरमा अभिभावकका तर्फबाट तीर्थप्रसाद आचार्यले विद्यालय व्यवस्थापन, शिक्षक- शिक्षिका तथा विद्यार्थीहरूको अथक मेहनतले यो उपलब्धि हासिल गरेकोमा प्रशंसा गरेका थिए।
विद्यालयका संचालक समितिका निर्देशक राजु तिम्सिना, सदस्यहरू क्रमशः विजय डाँगी, सुजन बास्तोला सहितको उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा भाइस प्रिन्सिपल वसन्त मादेनले उपस्थित अभिभावक तथा विद्यार्थीहरुलाई बधाई दिएका थिए।


















