विराटचोक - मोरङको सुन्दरहरैँचाका दुई खेलाडीले  अन्तर्राष्ट्रिय पदक जित्न सफल भएका छन् । प्रथम भारत अन्तरास्ट्रिय तेक्वान्दोमा सुन्दरहरैँचाकी रेवा काफ्लेले  महिला सब-जुनियर पुमसी विधामा स्वर्ण पदक जिटेकी हुन् भने अर्की खेलाडी यशस्वी लम्सालले महिला सब-जुनियर क्योरुगी यू-२९ केजी विधामा स्वर्ण पदक जित्न सफल भएकी हुन् । दुवै खेलाडीले नेपालको प्रतिनिधत्व गरेका थिए ।

भारतको सिलिगुडीमा जुन २९ र ३० मा आयोजित प्रतियोगितामा नेपाल, भारत, भुटान र बंगलादेशका कुल ४ सय ५०  खेलाडीको सहभागिता रहेको थियाे । जसमा टिम नेपालले प्रथम स्थान हासिल गरेको गरेको छ। उक्त खेलाडीहरु सुन्दरहरैँचाका ९ स्थित बाल सदन एकेडेमीमा अध्ययनरत छन्।