काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा एमाले उपमहासचिव विष्णु रिमाल र आर्थिक सल्लाहकारमा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा नियुक्त भएका छन ।
बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले प्रमुख राजनीतिक सल्लाहकारमा उपमहासचिव रिमाल र आर्थिक सल्लाहकारमा डा. खतिवडालाई नियुक्त गर्ने निर्णय गरेको हो।
रिमालले ओलीको अघिल्लो कार्यकालमा पनि राजनीतिक सल्लाकारको भूमिका निर्वाह गरेका थिए भने खतिवडा अर्थमन्त्री थिए ।



















