काठमाडौं । मदि’रा भनेर तेल सेवन गर्दा एक जनाको ज्यान गएको छ । ओखलढुंगाको मोलुङ गाउँपालिका ७ पात्लेमा मछिनोको तेल खादाँ एक जनाएको मृत्यु भएको हो । मृत्यु हुनेमा अन्दाजी ३९ बर्षिय मकर तामाङ रहेको वडा अध्यक्ष हेम कुमार सुनुवारले जानकारी दिनुभयो । शनिबार बिहान तामाङले मदि’रा भनि मछिनोको तेल सेवन गरेको पारिवारीक श्रोतको दाबी छ ।

शुक्रबार बेलुकादेखी नै मदि’राले मात्तिएका तामाङले बिहानीपख तेल सेवन गरेको खुल्न आएको छ । मृतक तामाङले बिगत नौ बर्षदेखी पात्लेमा मछिनो उद्योग चलाउँदै आएका थिए । उनले प्लाष्टिकको बोतलमा राखेको मछिनोको तेललाई मदि’रा भनि सेवन गरेपछि बिरामी परेको र परिवार तथा स्थानियको सहयोगमा उद्धार गरी अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।

मृतक तामाङको श’वलाई पोष्टमाटमका लागी लैजान कानुनी प्रकृया पुरा गर्न लगिएको पारिवारीक श्रोतले जनाएको छ । तामाङका दुई छोरा र दुई छोरी छन् । मछिनोको तेल बिषेश गरी हातखुट्टा ठोक्किएको र मर्किएको भागमा लगाएर मालिस गर्नमा प्रयोग गरिन्छ ।