काठमाडौं- त्रिभुवन विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ । दुर्घटनापछि अहिले उद्धार जारी छ। प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले कम्तीमा १८ जनाको शव निकालेका छन् ।

विमानका चालक एम आर शाक्यको उद्धार गरिएको छ । उहाँको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ ।

जहाज दुर्घटना बारेमा जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल जान लाग्नु भएको छ ।
उहाँको सचिवालयले दिएको जानकारी अनुसार घटनाबारे जानकारी दिन नागरिक उड्ययन प्राधिकरणको टोलीलाई पनि विमानस्थलमा बोलाइएको छ ।