पथरी,३० साउन । मोरङको पथरी शनिश्चरे नगर प्रमुख मोहनप्रसाद तुम्बापोले आफुले पनि सेवा गर्ने कुरामा दायाँ वायाँ नगर्ने र नगर र वडाका जनप्रतिनिधि र कर्मचारीले समेत चुस्त रुपमा काम कारबाही अघि बढाउनु पर्नेमा जोड दिनु भएको छ ।

नगर प्रमुख तुम्बापोले आज वडा नम्बर १० जिरिखिम्तीस्थित महादेव शिवालय विश्वनाथ मन्दिरले आयोजना गरेको बृहत भेला तथा अभिनन्दन कार्यक्रममा बोल्दै सो कुरामा जोड दिनु भएको हो । सुशासन र पारदर्शिताको पक्षमा आफु सधैं लागि पर्ने भएकाले सवैको साथ सहयोग र सहकार्यमा नगरका हरेक गतिविधि अघि बढाउने समेत जनाउनु भयो ।

299266908_371747848468333_8682969681325886174_n

उहाँले जिरिखिम्तीमा जस्तै नगरमा धार्मिक पर्यटनको सम्भावना बोकेका क्षेत्रहरु धेरै रहेकाले अन्य विषगत क्षेत्र सरह त्यसको प्रवद्र्धनमा पनि नगरले सधैं सहयोग पुर्याउने उल्लेख गर्नुभयो । नगरको आन्तरिक आय बृद्धि गर्ने कुरामा नगरवासीको सहकार्य आवश्यक रहेको पनि चर्चा गर्नुभयो ।

वडाध्यक्ष खतिवडाले जिरिखिम्तीको मन्दिर क्षेत्रमा धार्मिक पर्यटन प्रवद्र्धनको सम्भावना रहेकाले सोही अनुरुप गतिविधि गर्न सुझाव दिँदै वडाले पनि त्यस कार्यमा सहयोग पुर्याउने वताउनु भयो ।
कार्यक्रममा, अगुवा समाजसेवी अर्जुन भट्टराई, डाँस मोरङ्गी सामुदायिक वन अध्यक्ष मदन पोखरेल सहितले मन्तव्य व्यक्त गर्दै पूर्वपश्चिम मुख्य सडक क्षेत्रसँग जोडिएको धार्मिक वनका रुपमा ३ विगाहा बढी जग्गा रहेको सो क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धनमा आर्थिक सहितको सहयोग आवश्यक रहेको जनाउनु भयो ।

299109147_1389529821533487_5757348832833459394_n

कार्यक्रममा, मन्दिर समिति अध्यक्ष सन्तोष कठायतको अगुवाईमा नगर र वडाको समृद्धिको कामना गर्दै नगर प्रमुख तुम्बापो, नगर उपप्रमुख देवीमाया काफ्ले, १० नम्बर वडाध्यक्ष जीवन खतिवडा, कार्यपालिका सदस्य मीनाकुमारी तामाङ, वडा सदस्य मनकुमारी विश्वकर्मा, वीरबहादुर बस्नेत र दिलबहादुर कार्कीलाई अभिनन्दनपत्रले अभिनन्दित गर्नुभयो ।

299497958_371748388468279_7017670274151199949_n

अन्यत्र समेत कार्यक्रम रहेकाले कार्यक्रममा नगर उपप्रमुख काफ्ले र वडा सदस्य विश्वकर्माको भनें अनुपस्थिती रहेको थियो । साउनको अन्तिम सोमबार शिव मन्दिरमा जल चढाउने र लाख बत्ती बाल्ने कार्यक्रमको सन्दर्भमा सो कार्यक्रम जोडिएको थियो ।