विराटचोक — उत्तरी मोरङको पर्यटकीय क्षेत्र मिक्लाजुङ गाँउपालिकाको रमिते डाँडा घुमेर फर्किने क्रममा मोटरसाइकल अन्यन्त्रीत भै दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ।
शनिबार दिउसो करिव ३ .१० बजेको समयमा मिक्लाजुङ गाउपालिका - १ झण्डे डाडाको घुमाउरोमा मोटरसाइकल अनियन्त्रीत हुदा मोटरसाइकलमा सवार मोरङको बेलबार नगरपालिकाको धिमाल परिवारको ३ जना सदस्य दुर्घटनामा परेका हुन ।
बा २७ प १८३५ नम्बरको मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना हुदाँ १३ वर्षीया बालीकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
दुर्घटनामा परि मोटरसाईकलमा सवार बेलबारी नगरपालिका - १ का ३७ वर्षिय सुनिल कुमार धिमाल, उनकी ३५ वर्षीया श्रीमती चन्द्रमाया धिमाल र १३ वर्षीया छोरी सुस्मिना धिमाल घाईते भएको सुचना पाउनसाथ सुरक्षा प्रहरी बेस क्याम्प मिक्लाजुङबाट खटिएको प्रहरीको टोलीले घाईतेहरुलाई उपचारको लागी उर्लाबारीस्थित अरनिको हस्पिटल लगिएको थियो ।
प्रहरीका अनुसार सुस्मिनाको दाहिने हातको कोखमा गम्भिर चोट लागेकोले उनको उपचारको क्रममा दिउसो ३.४५ बजे निधन भएको हो । यता सुस्मिनाको बुबाआमा दुवैको अरनिको अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।




















