ढाका : बंगलादेशमा कोलाहलको बीचमा एउटा ठूलो खबर बाहिर आएको छ । बंगलादेशमा शेख हसिनाको सत्ताच्युत भएपछि अहिले त्यहाँका राष्ट्रपति मोहम्मद शाहबुद्दीनले पूर्व प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी नेतृ खालिदा जियालाई जेलबाट रिहा गर्न आदेश दिएका छन् । राष्ट्रपतिले उनलाई तत्काल रिहा गर्न आदेश जारी गरे ।

यसबाहेक सेनाबाट अर्को ठूलो अपडेट आएको छ । बंगलादेशमा लगाइएको कर्फ्यू मंगलबार बिहान अन्त्य हुने सेनाले जनाएको छ । विद्यालय र व्यवसायहरू फेरि खुल्नेछन्।

बंगलादेशमा सोमबार हिंसा बढेपछि शेख हसिनाले राजीनामा दिएर देश छोडेर भारत पुगेकी छिन । त्याहाँ उनलाई गाजियाबादको हिन्दन एयर फोर्स स्टेशनको सेफ हाउसमा राखिएको छ ।

बंगलादेशमा शेख हसिनाको राजिनामाको माग गर्दै विगत केही दिनदेखि प्रदर्शन भइरहेको थियो र त्यसमा ३०० भन्दा बढीको मृत्यु भएको थियो ।

विपक्षी नेत्री खालिदा जियालाई भ्रष्टाचारको अभियोगमा ८ फेब्रुवरी २०१८मा पाँच वर्षको जेल सजाय तोकिएको थियो । ७६ वर्षिया जियाले बालबालिकासम्बन्धी एउटा परोपकारी कोषलाई दिइएको रकम हिनामिना गरेको आरोप लगाइएको थियो। उक्त आरोप जियाले अस्वीकार गर्दै आएकी थिइन् ।

हसिनाका छोराको यतो आयो बयान 

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाका छोरा साजिब वाजेद जोयले सोमबार आफ्नी आमा राजनीतिमा नफर्किने बताएका छन् । हसिनाका पूर्व आधिकारिक सल्लाहकार जोयले आफ्नो परिवारको आग्रहमा उनकी आमाले आफ्नो सुरक्षाका लागि देश छोडेको बताए । ७६ वर्षीया हसिनाले आफ्नो सरकारको विरुद्धमा व्यापक विरोधका बीच राजीनामा दिएर लन्डन प्रस्थान गरेको बताए  ।

'BBC World Service' मा 'NewsHour' लाई दिएको अन्तर्वार्तामा जोयले आफ्नी आमाको लागि कुनै राजनीतिक पुनरागमन नहुने बताए। उनले हसिनाले आइतबारदेखि नै राजीनामा दिने विचार गरिरहेको र परिवारको आग्रहपछि आफ्नो सुरक्षाका लागि देश छोडेको बताए ।

समाचारका अनुसार जोयले बंगलादेशमा १५ वर्ष शासन गरिरहेकी आमाले धेरै मिहिनेतका बाबजुद पनि जनता उनको विरुद्धमा खडा भएकोमा निकै निराश भएको बताए । हसिनाको निराशा व्यक्त गर्दै उनले भने, 'उनले बंगलादेश परिवर्तन गरिन्। जब उनले सत्ता हातमा लिए, यो एक असफल राष्ट्र मानिन्थ्यो। गरिब देश थियो । तर आज यो एसियाको उदीयमान देशहरू मध्ये एक मानिन्छ। उनी निकै निराश छन् ।

हसिनाको राजिनामाको माग गर्दै आएका प्रदर्शनकारी र सत्तारुढ अवामी लिगका समर्थकबीच आइतबार बंगलादेशका विभिन्न भागमा झडप भएको छ । प्रहरी र अधिकांश विद्यार्थी प्रदर्शनकारीबीचको हिंसात्मक झडपमा २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको केही दिनपछि यो भिडन्त भएको हो। देशमा एक पन्ध्र दिनमा कम्तिमा ३०० जनाको मृत्यु भएको छ । आन्दोलनकारीसँग सरकार कठोर व्यवहार गरिरहेको आरोपको खण्डन गर्दै जोयले भने, ‘प्रहरीले कुटपिट गरेको छ, हिजो मात्रै १३ जनाको मृत्यु भयो । जब भीडले मान्छेलाई कुटेर मार्छ, प्रहरीबाट के आशा गर्ने ?