काठमाडौं —विशेष अदालत बार एशोसिएसनको निर्वाचन सम्पन्न भएको छ । आज भएको एशोसिएसनको निर्वाचनमा अध्यक्षमा नेकपा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित भएको छ ।
निर्वाचनमा अधिवक्ता टीकाबहादुर कुँवर अध्यक्ष रहेको पीपीएसलको प्यानल नै निर्वाचित भएको हो । निर्वाचनबाट कार्यसमितिको उपाध्यक्षमा शशिनाथ मरासिनी, सचिवमा युवराज बञ्जाडे, सहसचिवमा कोपिला बस्नेत, कोषाध्यक्षमा गणेश घिमिरे निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता ईश्वरीप्रसाद भट्टराईले जानकारी दिए ।
१३ सदस्यीय कार्यसमिति रहेको एशोसिएसनको सदस्यहरुमा सन्तोष कोइराला, गौरव डाँगी, शिवराम श्रेष्ठ, वसन्त जोशी, कुमारराज कार्की, यज्ञप्रसाद खतिवडा, बोलाराम पाण्डे र गङ्गाराम खनाल निर्वाचित भएका छन् ।




















