विराटचोक —‘भ्वाइस किड्स’को सिजन ३ की मोरङको सुन्दरहरैँचा १० निवासी समिक्षा दाहाललाई आफू अध्यनरत ब्राइट फ्युचर सेकेण्डरी स्कुलले सम्मान गरेको छ। सुन्दरहरैचा- ८ स्थित सलकपुरमा रहेको उक्त विद्यालयले बुधबार एक कार्यक्रमको आयोजना गरी गरी सम्मान गरेको हो।

सम्मान कार्यक्रममा स्कुलका प्रिन्सिपल टिकाराम ढकालले ‘द भ्वाइस किड्स’ सिजन ३ को फाइनलसम्म पुगेर आफ्नो विद्यालयको पनि नाम रहेको भन्दै समिक्षालाई धन्यवाद दिए ।उनले समिक्षाको आगामी सांगीतिक यात्राको लागि उच्च सफलताको लागि तथा शुभकामना पनि पनि व्यक्त गरे ।

उनलाई विद्यालयको तर्फबाट संगित सामाग्री खरिद गर्नका लागि प्रोत्साहन स्वरुप २५ हजार रुपयाँ प्रदान गरेको छ । समिक्षालाई फिनालिष्ट सम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलेको भन्दै विद्यालयका शिक्षक,शिक्षिका र विद्यार्थीहरु लगायत सबैलाई धन्यवाद दिए ।

प्रिन्सिपल ढकालले आफ्नो विद्यालयमा अध्यनरत विद्यार्थीलाई भोट गरेर फाइनलसम्म पुर्याएकोमा  सुन्दरहरैँचाका निजि तथा आवासीय विद्यालय र  सम्पूर्ण नगरवासी प्रति आभार व्यक्त गरे। ब्राइट फ्युचर सेकेण्डरी स्कुलको कक्षा ७ मा अध्यनरत समिक्षा कोच मिलन नेवारबाट फाइनलमा पुगेकी थिइन् ।