विराटचोक  — नेपाल तामाङ युवा घेदुङ सुन्दरहरैँचा नगर समितिले ९२ औं तामाङ पहिचान दिवस मनाएको छ।  समितिले बिहिबार सुन्दरहरैँचा-५ स्थित  नमुना सामुदायिक वनको ब्लक नम्बर १ मा रहेको बुद्ध बिहार गुम्बा परिसरमा वृक्षारोपण गर्दै तामाङ पहिचान दिवस मनाइएको हो।

456590667_122131048730322693_4494481130717572812_nतामाङ पहिचान दिवसलाई फरक ढंगले मनाउदै गुम्बा परिसरमा अम्बा,सिरिस,लिची आँप लगायतको बिरुवा पनि रोपिएको नेपाल तामाङ युवा घेदुङ सुन्दरहरैँचा नगर अध्यक्ष सोनाम स्याङदान तामाङले जानकारी दिए।

बृक्षरोपण कार्यक्रममा नेपाल तामाङ युवा घेदुङ इटहरीका युवाहरुको पनि सक्रिय सहभागीता रहेको थियो।

केहो तामाङ पहिचान दिवस ?

  • गोपाल फ्युवा तामाङ

तामाङ इतिहासमा विक्रम संवत २०७१ देखि तामाङ साहित्य एकेडेमीको अगुवाइमा भदौ ६ गतेलाई पहिचान दिवसको रुपमा मनाउन थालेको हो । जातिवाचक नामको रुपमा तामाङ लेख्न गरेको रोक्कालाई राणा महाराज श्री ३ भीमशमशेरले इस्तिहार मार्फत फुकुवा दिएको थियो ।

त्यो इस्तिहार बिक्रम संवत १९८९ भदौं ६ गते जारी भएकाले सोही दिनलाई पहिचान दिवस नामकरण गरिएको हो । यसरी गणना गर्ने हो भने तामाङ जात लेख्न पाएको ८८ वर्ष भएको छ भने दिवस भनेर मनाउन थालेको सातौं पटक भएको छ । नाम थर लेख्न पाए पनि अन्य सांस्कृतिक अधिकारहरु भने आज पर्यन्त खोसेर नै राखेका छन् । यतिखेर जति धुमधामका साथ तयारी हुनु पर्ने हो त्यो हुन सकेको छैन । बहाना त कोरोनालाई बनाउन सकिन्छ तर वैकल्पिक माध्यम र विधिहरु हुन सक्दथ्यो । त्यसबारेमा हाम्रा नेतृत्ववर्ग चुकेको देखिन्छ ।

Tamang_no8DgTOIoXराज्यसत्तासँग मागदावी पेश गर्न, तर्क, विचार र प्रमाण पेश गर्ने प्रतिनिधि बन्न, पूर्खाको इतिहासप्रति गर्ववान्वित हुँदै योगदानलाई इतिहासमा लिपिवद्ध गर्न, सामान्य जनसम्म सूचना प्रसारित गर्न, अग्रगामी योजना बनाएर समुदायमा जान लगायतका उद्धेश्य राखी जातीय संघ संस्था खोलिने गर्दछ । तर दुःखको कुरा कतिपय तामाङ संघ संस्थालाई भने पहिचान दिवसबारे सुइको पनि छैन ।

बिना अध्ययन, बिना संघर्ष, बिना योगदान कसैको झोला बोकेको भरमा जुँगा मुठ्याउन नेतृत्वमा पुगेका कथित टिके अगुवाहरुबाट यस प्रकारको महत्वपूर्ण तिथिलाई पनि मानसपटलमा राखेका छैनन् । यो प्रबृत्ति तामाङहरु पछाडि पर्नुको कारण बनेको छ ।

यस्ता दिवसको अवसरमा राज्यसत्ताको प्रयोग गरेर नीति, नियम र कानुन बनाई त्यसैको आधारमा नै गरिएको अन्याय, अत्याचार, शोषण र विभेदबारे प्रशिक्षित गर्नु पर्ने हो । सक्षम नेतृत्वले मात्र यसबारे सोच्ने सामथ्र्य राख्दछ । यसरी हेर्दा सबल र सक्षम नेतृत्वको लागि शुद्धिकरण अभियान अत्यावश्यक भइसकेको छ । यो वर्ष पनि केही तामाङ संघ संस्थाहरुले भच्र्युअल छलफल तथा गोष्ठीहरु गरेर पहिचान दिवसलाई मनाएको छ । यस आलेखमा त्यो इस्तिहार जारी गर्न गरेका प्रयासहरु र परिस्थितिको चर्चा गर्ने प्रयास गरिएको छ ।

तामाङहरुको पराक्रमीसँग डराए । लडाइका क्रममा कडा प्रतिकार गरेकाले तामाङहरुलाई शत्रुका रुपमा व्यवहार गर्न थालियो । राज्य व्यवहारमा कहि कतै समावेश गरिएन बरु तामाङहरुलाई विभिन्न किसिमले उत्पिडन र दमनमा राखे । दमन सहन नसकेर तामाङहरुले सैन्य विद्रोह नै गरेका थिए । शाहवंशीय राजाहरुको अन्याय, अत्याचार, दमन र शोषण सहन नसकी रणबहादुर शाह र गीर्वाणयुद्ध विक्रम शाहको शासनकालमा पटकपटक विद्रोह गरेका थिए । विद्रोहलाई दबाउन वल प्रयोग गरी कैयौलाई बेपत्ता बनाए पछि आफ्नो थातथलो छोड्न विवस भएका थिए । त्यस पश्चात दमनको चरम रुप प्रयोग गरियो । त्यसबेला धेरै तामाङहरु देश छाडेर जान समेत बाध्य भए ।
वास्तवमा एकिकरण अगाडि तामाङ जातिका विभिन्न राज्यहरु भएको अध्ययनहरुले देखाएको छ । गोरखा राज्य विस्तार गर्ने क्रममा विक्रम संवत १८१७ मा धादिङको डब्जोङ, विक्रम संवत १८१९ भदौमा रामेछापको ताल्च्यो, विक्रम संवत १८१९ असोजमा काभ्रेको तिमाल, विक्रम संवत १८२१ मा रसुवाको बुङचुर र विक्रम संवत १८२३ भदौमा नुवाकोट ककनी कब्जामा लिएका थिए (ख्युङबा: २०६८) । विक्रम संवत १८०१ देखिको आक्रमण कै क्रममा कुनै समय गोम्बोङजोङ दरबारका याङमो घले हार मानेर भागेका थिए ।
456412506_122111396276444673_3592071323137218297_n
१८ औं शताब्दीको शुरुदेखि तामाङ जातिको स्वराज्य, गणराज्य, कविला र तामाङसालिङको भूमि माथि शाहबंशीय राजाहरुले अतिक्रमण शुरु गरेर तामाङ जातिलाई रैती बनाउदै उनीहरु माथि हिन्दु धर्मको वर्ण व्यवस्था र संरचना जबरजस्ति लादिदै हिन्दु मूल्य मान्यता अनुसारको कानुन मान्न बाध्य पारियो । तामाङ जात पनि लेख्न नपाउने कानुनी अड्चनलाई सरदार जंगबीर तामाङ ओ. बि. ई. डी. एम. एल. सी. को अगुवाइमा १९ं८९ भदौ ६ मा भीम शमशेरले इस्तिहार जारी गरी फुकुवा गरेका थिए ।

456783969_122131049144322693_7672900574281634211_n

एकीकरणको क्रममा सन् १७४४ मा नुवाकोट विजय भएपछि त्यस आसपासका तामाङ राज्यहरु सिन्धुपाल्चोक, काभ्रेपलान्चोक लगायतका अन्य इलाकाहरु समेत सन् १७४८ सम्ममा शाहा राजाले हडपे । स्वशासित राज्य तथा भूमिको स्वामित्व खोसियो । सल्यानकोट, ज्यामरुङ, सेम्जोङ जस्ता राज्यहरु सजिलै हात पारे पनि गोल्जोङ, तिमाल, ककनी जस्ता राज्यहरु सजिलै हत्याउन सकेन ।

तामाङहरुको पराक्रमीसँग डराए । लडाइका क्रममा कडा प्रतिकार गरेकाले तामाङहरुलाई शत्रुका रुपमा व्यवहार गर्न थालियो । राज्य व्यवहारमा कहि कतै समावेश गरिएन बरु तामाङहरुलाई विभिन्न किसिमले उत्पिडन र दमनमा राखे । दमन सहन नसकेर तामाङहरुले सैन्य विद्रोह नै गरेका थिए । शाहवंशीय राजाहरुको अन्याय, अत्याचार, दमन र शोषण सहन नसकी रणबहादुर शाह र गीर्वाणयुद्ध विक्रम शाहको शासनकालमा पटकपटक विद्रोह गरेका थिए । विद्रोहलाई दबाउन वल प्रयोग गरी कैयौलाई बेपत्ता बनाए पछि आफ्नो थातथलो छोड्न विवस भएका थिए । त्यस पश्चात दमनको चरम रुप प्रयोग गरियो । त्यसबेला धेरै तामाङहरु देश छाडेर जान समेत बाध्य भए ।

सन् १८५४ मा बनेको मुलुकी ऐनले तामाङ जातिलाई मासिने मतवालीमा राखी देश र विदेशमा समेत नोकरी नदिने नीति बनायो । धर्म र संस्कृति जबरजस्ती लाद्यो । विभेद र दमनले उग्र रुपले उकुसमुकुस हुदै गए । दमनले जातीय चेतना विकास भई आफ्नो पहिचान र स्वअस्तित्व बोध गरायो । तामाङ जातीयताको भावनात्मक एकतामा तामाङ जातिवाचक शब्दको प्रयोगमा प्रतिबन्ध सम्बन्धमा खस शाहा र राणा अधिनायकवाद बिरुद्ध विरोधका आवाजहरु उठ्न थाले (मोक्तान, अमृत: २०१०ः२, जङ्गवीर लामाको जीवनी) ।

नेपालमै बसेका तामाङहरु लामा भोटे भई बस्नु पर्यो । अन्याय, अत्याचार, शोषण, दमन, विभेद र उत्पीडनमा पिल्सिनु पर्यो । सन् १८४६ मा राणाहरुको उदय पश्चात भने झन् दमन चर्कियो । सरकारी सुचना, दस्तावेज, लिखतमा तामाङहरुलाई अनादरवाची शब्द लामा, भोटे, मुर्मी, जड्याँहा, शाही, सेन, गाई खाने जात लेखी हेपेको थियो । जस्ले गर्दा एकै जातको तामाङ पनि विभित हुन गए, तामाङ पहिचान लोप हुन पुगे । भूमिपुत्र तामाङ जातिले आफ्नै जात तामाङ उल्लेख गर्न बन्देज लगायो । जबकी भाषाविज्ञान र पुरातात्विक वस्तुहरु प्राप्तिको आधारमा पाँच हजार वर्ष अगाडिदेखि नै तामाङ जाति नेपालका हिमाली क्षेत्रका बासिन्दा हुन् (फ्युबा, बाबुराम : २०६५ः१२, तामाङ जातिको सामाजिक, सांस्कृतिक एवम् आर्थिक अवस्था) । तामाङ पुरानो आदिवासी जनजातिहरु मध्ये एक हो ।

456793753_122111395754444673_1564688915413802668_nसन् १८५४ मा बनेको मुलुकी ऐनले तामाङ जातिलाई मासिने मतवालीमा राखी देश र विदेशमा समेत नोकरी नदिने नीति बनायो । धर्म र संस्कृति जबरजस्ती लाद्यो । विभेद र दमनले उग्र रुपले उकुसमुकुस हुदै गए । दमनले जातीय चेतना विकास भई आफ्नो पहिचान र स्वअस्तित्व बोध गरायो । तामाङ जातीयताको भावनात्मक एकतामा तामाङ जातिवाचक शब्दको प्रयोगमा प्रतिबन्ध सम्बन्धमा खस शाहा र राणा अधिनायकवाद बिरुद्ध विरोधका आवाजहरु उठ्न थाले (मोक्तान, अमृत: २०१०ः२, जङ्गवीर लामाको जीवनी) ।

राणा शासकहरुले आफ्नो निरङ्कुस जहाँनिया हुकुमी शासन टिकाउन इष्ट इन्डिया कम्पनीलाई खुसी तुल्याउनु आवश्यक थियो । दमनकारी सामाजिक अवस्था र मनपरी हुकुमी शासन बचाउन उनीहरुलाई खुशी तुल्याउनु जरुरी थियो । एक अर्कामा राम्रो सम्बन्ध बनाउनु अत्यावश्यक थियो । बेला बेलामा जर्नेलहरु जाने आउने गर्दथे । त्यही क्रममा जर्नेल हिरण्य शम्शेर ज.ब.रा. दार्जिलिङ भ्रमणमा गएका थिए ।

त्यही क्रममा तामाङहरुको जातीय पहिचान फुकुवा गर्न सहयोगको लागि जङ्गबीर लामाले कुराकानी गरे । जङ्गबीर तामाङ चयनपुर, पूर्व नेपालमा सन् १८८९मा जन्मी आसाम राइफल्समा रही प्रथम र द्वितीय विश्वयुद्धमा वीरतापूर्वक लडेका इमान्दार उच्च स्तरीय ब्रिटिस भारतीय सेना थिए । उनी सरदार बहादुर सुबेदार मेजर पदद्वारा सुशोभित थिए । साथै ओ.बि.आइ. (दोस्रो श्रेणी) र डि.एम.एल.सी जस्ता उच्च मान, सम्मान तथा पदवीद्वारा विभुषित थिए । त्यसैले हिरण्यशम्शेरले काठमाडौमा श्री ५ र श्री ३ सँग भेटाउने प्रतिवद्धता जायर गरे ।

456588208_122111396228444673_1651290998771393761_nसोही मुताविक सन् १९३२ मा तामाङहरुको एक प्रतिनिधिमण्डलको नेतृत्व गरी जंगबीर तामाङले राजा त्रिभुवन र प्रधानमन्त्री भीमशम्शेरलाई तामाङ भएर पनि अन्य जात लेख्नु परेकाले तामाङ भन्ने, लेख्ने र लेखाइने गराइ पाउँ भनि बिन्तिपत्र हाले । जङ्गबीर लामा सामान्य ब्यक्ति मात्र नभएर उच्च पदस्थ भारतीय सैनिक अधिकारी पनि भएको हुनाले बिन्ति मान्न बाध्य भयो । त्यसै हुनाले वि.सं.१९८९ भदौ ६ गते आइतबारदेखि तामाङहरुले आफ्नो जात लेख्न, भन्न र लेखाइन पाउने गरी इस्तिहार जारी गर्यो ।

सो दिन देखि तामाङ जातिले आफ्नो जात निर्धक्क भन्न तथा लेख्न लेखाइन पायो, सरकारी अभिलेखहरुमा पनि तामाङ जातिवाचक शब्दको रुपमा प्रवेश पायो । धेरै वर्षदेखिको अन्य धेरै दमनहरु बाँकी रहे पनि सरदार बहादुर सुबेदार मेजर जङ्गवीर लामा ओ.बि.आइ.डि.एम.एल.सी को अगुवाइ, प्रयास र उचीत नेतृत्वले गर्दा जातीय पहिचान फिर्ता पायो । आफ्नो मुख्य पहिचान फिर्ता पायो । त्यसैले त्यस दिन (भदौ ६) लाई तामाङ पहिचान दिवसको रुपमा मान्न थालिएको हो । 

(विगत साँढे एक दशकदेखि विभिन्न समसामयिक विषयमा अध्ययन, अनुसन्धान गरिरहेका फ्युबा एक अनुसन्धानकर्ता हुन् ।)