विराटचोक — माेरङकाे सुन्दरहरैँचा-१२ मा रहेको श्री इन्द्रपुर इङ्लिस बाेर्डिङ स्कुलले कृष्णाजन्मष्टमीकाे पुर्वसन्ध्यामा कृष्णाजन्मष्टमी विशेष साँस्कृतिक कार्यक्रम गरेकाे छ ।आइतबार भएको उक्त कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गायन, झाँकी,भजन लगायत अतिरिक्त क्रियाकलापहरू प्रस्तुत गरेका थिए ।

त्यसैगरी कार्यक्रममा शिक्षकहरुले विद्यार्थी संगै विभिन्न कृष्ण भक्ति भजनहरु प्रस्तुतिहरु गरेका थिए भने साथै कृष्णको बाल रुपको मञ्चन समेत  गरिएको थियो । 

 कार्यक्रममा विद्यालयका प्रधानाध्यापक खम्बसिँह बस्नेतले विद्यार्थीहरूलाई किताबी ज्ञान मात्र नभई अतिरिक्त ज्ञान पनि हामीले दिनुपर्ने बताए । त्यसैगरी विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष जीव प्रसाद गुरागाईंले विद्यार्थीहरूले पनि धर्मकर्म जान्नु पर्ने, बुझ्नु पर्ने, त्यस सम्बन्धि रुचि राख्नुपर्ने कुरा व्यक्त गरे ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, सञ्चालक समितिका सदस्यहरू,शिक्षक, विद्यार्थी तथा अभिभावकहरूकाे बाक्लाे उपस्थिति रहेको विद्यालयका सहायक प्रधानाध्यापक निश्चल बस्नेतले जानकारी दिए । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीव प्रसाद गुरागाईंको अध्यक्षतामा भएको कार्यक्रमलाई विद्यालयकी छात्रा अनिता विकले संचालन गरेकी  थिइन  । आज भदौ १० गते देश भर श्री कृष्णाजन्मष्टमी हर्सौल्लासका साठ मनाइदै छ ।