विराटचोक — नेकपा एमालेको महिला संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ )सुन्दरहरैँचा नगर समितिले तीज विषेश कार्यक्रम सम्पन्न गरेको छ । बिहिबार नगर कमिटीले सुन्दरहरैँचा-७ स्थित गोठगाउँको लाली गुराँस सभाहलमा तीज विषेश कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा नगरका ३० जना भन्दा बढी जेष्ठ माताहरुलाई सम्मान गरिएको साथै तीजका गीतहरुमा नृत्य,संगिनी नृत्य सहित सामुहिक दर खुवाइको अनेमसंघ सुन्दरहरैँचा नगर समितिकी अध्यक्ष संगिता तिम्सिना सापकोटाले जानकारी दिइन । त्यस्तै जनगायक वालकृष्ण सिग्देल र गायक दुर्गा पराजुलीको सांगेतिक प्रस्तुतीले रमाइलो माहौल छाएको थियो भने बिहान ११ बजेदेखि सुरु भएको कार्यक्रम दिउसो ३ बजे सम्म चलेको थियो ।
कार्यक्रमको प्रमुख अतिथि अनेमसंघ केन्द्रीय सदस्य तथा सुन्दरहरैँचा नगरपालिकाकी पूर्व उपमेयर धनादेवी तामाङले ” शहर बजारमा महिला दिदीबहिनीहरुले मौलिक तीज पर्वलाई दुई महिना अघिदेखि मनाउँदा भड्किलो हुँदै गएकोले नेपाली सांस्कृतिक परम्परा विस्थापित हुँदै औल्याइन । उनले “हाम्रो साझा तीज पर्वलाई विपन्न वर्गका महिलाहरुले यो पर्व मनाउन समस्या उत्पन्न हुँदै गएको ” उल्लेख गरिन । त्यसैगरी नेकपा एमाले केन्द्रीय सल्लाहाकार हरी घिमिरे,नेकपा एमाले कोशी प्रदेश कमिटीका सचिवालय सदस्य राजकुमार ओझा,एमाले सुन्दरहरैँचा नगर कमिटी अध्यक्ष मातृका प्रसाद ढकाल लगायतले तीज पर्वको शुभकामना दिएका थिए ।
- हेर्नुहोस युटूवमा तीज विशेष भिडियो समाचार
कार्यक्रममा नेकपा एमाले कोशी प्रदेश कमिटीका उमेश उप्रेती,एमाले मोरङ जिल्ला कमिटी सदस्यहरु सन्तोष वान्तवा,रोशन प्रसाद ढकाल, मोरङका नेताहरु स्थानिय पार्टीका नेता कार्यकर्ता,अनेमसंघ लागयत नगरका ५ सयभन्दा बढी महिलाहरुको सहभागीता रहेको अनेमसंघ सुन्दरहरैँचा नगर समितिकी कोषाध्यक्ष तुलशा आचार्यले जानकारी दीइन ।
अनेमसंघ सुन्दरहरैँचा नगर समितिकी अध्यक्ष संगिता तिम्सिना सापकोटाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगर समितिकी उपाध्यक्ष भगवती बस्नेत अर्यालले स्वागत मन्तव्य गरेकी थिइन् भने सचिव लक्ष्मी मिश्रले कार्यक्रमलाई संचालन गरेकी थिइन् ।
सुन्दरहरैँचामा कविता शर्माको नेतृत्वमा रहेको अनेमसंघ नगर समितिले बिगतमा पनि तीज विषेश कार्यक्रम,महिलाहरुको हकहित र अधिकारहरु लगायतका कामहरु गर्दै आएको तकालिन नगर समितिकी सचिव गोमा देउजा कटवालले जानकारी दिइन ।




















