विराटचोक — नेकपा एमाले निकट अनेमसंघ सुन्दरहरैँचा नगरपालिका-५ न.वडा कमिटीले तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । मंगलवार अनेमसंघले नेकपा एमाले ५ न.वडा कमिटीको कार्यलयमा मौलिक संसकृति अनुसार तीजको कार्यक्रम सम्पन्न गरेका हुन् ।
कार्यक्रममा भब्य सास्कृतिक कार्यक्रम सहित शुभकामना आदान प्रदान समेत गरिएको एमाले ५ न. शाखा कमिटी अध्यक्ष विशाल गुरागाईंले जानकारी दिए ।
कार्यक्रममा सोही वडाका वडाध्यक्ष गणेश चौधरीले तीज नेपाली नारीहरुको महान पर्व भएको बताए । उनले कार्यक्रममा उपस्थित सम्पूर्णलाई तीज पर्वको शुभकामना दिएका थिए ।
कार्यक्रममा अनेमसंघ जिल्ला कमिटी सदस्य शारदा कोइराला,एमाले कोशी प्रदेशका पूर्व सदस्य ज्ञानेन्द्र ओझा,५नं वडाध्यक्ष गणेश चौधरी,वडा सदस्यहरू श्याम खनाल,घनश्याम घले,एमाले ५ न. शाखा कमिटी अध्यक्ष विशाल गुरागाईं,अनेमसंघ नगर अध्यक्ष संगीता सापकोटा लगायतको आतिथ्यता रहेको थियो ।
अनेमसंघ ५ न. वडा कमिटीकी अध्यक्ष भीमकुमारी ढकालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अम्विका बुढाथोकीले स्वागत मन्तव्य गरेकी थिइन् भने सचिव मिथिला अधिकारीले कार्यक्रम संचालन गरेकी थिइन् ।





















