विराटचोक — मोरङको सुन्दरहरैँचा नगरपालिका-३ स्थित गछियामा रहेको जुपिटर इङ्ग्लिस स्कुलका प्रिन्सिपल हरिश्चन्द्र ढकालले आफ्ना विद्यार्थीहरुले लागातार सफलता हासिल गरी रहेको बताएका छन् । शनिवार भएको ६० औं बाल दिवशको अवसरमा २०८१ सालको एमविविएसको प्रवेश परिक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल आफ्ना पूर्व विद्यार्थी प्राश्ना पराजुलीलाई सम्मान गर्दै यस्तो कुरा बताएका हुन् ।
२०६५ सालमा एसइइ उतिर्ण गरेका आफ्ना पूर्व विद्यार्थी मनोज धमलाले एमविविएसको प्रवेश परिक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाले,हाल उनी काठमाडौंको टिचिङ अस्पातालमा एमडीको अध्यन गरिरहेका छन् । २०७८ सालमा उतकृष्ट अंक ल्याई एसइइ उतिर्ण गरेकी विद्यार्थी प्राश्ना पराजुलीले पनि त्यस्तै सफलता हासिल गरेको प्रिन्सिपल ढकालले व्यक्त गरे ।
आफ्नो स्कुलले पढाएका विद्यार्थीले विश्वका राम्रो युनिभर्सिटीमा समेत नाम लिकालेर अध्यन गरिरहेको र राज्यका सरकारी निकायको उच्च ओहदामा समेत रहेर काम गरी रहेको बताए ।
बाल दिवशको अवस्वर पारेर स्कुलले प्राश्ना पराजुली सहित अन्य विद्यार्थीहरुलाई सम्मान गरेको थियो । त्यसैगरी सकुलले सोही अवसर पारेर शेषनारायण धामको गुरुकुल स्कुलका १० जना शिष्यहरुलाई शैक्षिक सामाग्रीहरु प्रदान गरेको थियो ।
उक्त विद्यालयबाट अध्यन गरेका विद्यार्थीहरुले लगातार सफलता हासिल गर्नुले पक्कै पनि विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको बुझिएको छ ।


















