विराटचोक — मोरङको सुन्दरहररैँचा- ५ मा रहेको गुराॅश एकता टोल विकास संस्थाको प्रथम वार्षिक साधारण सभा  सम्पन्न भएको छ । संस्थाले आज असोज-३ अर्थात संविधान दिवसको दिन पारेर साधारण सभा सम्पन्न गरेको हो ।

तीनपैनी चोकमा भएको उक्त साधारण सभामा संस्थाका सचिव कुमार सुवेदीले वार्षिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।  कार्यक्रममा सुन्दरहररैँचा नगरपालिकाका -५ का  वडाधय्क्ष गणेश चौधरी को प्रमूख आतिथ्यता रहेको थियो । 

संस्थाको तदर्थ् समितिका अध्यक्ष यमबहादुर पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई सचिव कुमार सुवेदीले संचालन गरेका थिए ।

करिव ७५ ओटा भन्दा बढी घरधुरी बाट भएको भेलाले कुमार सुवेदीको अध्यक्षमा ११ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको छ ।  त्यसैगरी उपाध्यक्षमा सीता पोखरेल, सचिवमा सुमन राई र कोषाध्यक्षमा चन्द्रकला अधिकारी चयन भएका छन् ।

नव गठितलाई समितिलाई वडाधय्क्ष गणेश चौधरी सबै घरधुरीबाट सहभागी उपभोक्ता सदस्यहरूले बधाई तथा शुभकामना दिएको  स्थानिय समाजसेवी विशाल गुरागाईले जानकारी दिए ।

Untitled-3 (2) 11