विराटचोक — मोरङको सुन्दरहरैँचा नगरपालिका - ८ सलकपुरमा खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । यही असोज १७ गतेदेखि २३ गतेसम्म संचालन हुने प्रतियोगितामा सुन्दरहरैँचा-३ मा रहेको आश्रय सुधार केन्द्रले प्रायोजन गर्ने भएको छ ।
सुधार केन्द्रले दोश्रो पुरस्कार बराबरको ३० हजार नगद सहयोग गरेको सुधार केन्द्रका कार्यक्रम संयोजक सेवक खत्रीले जानकारी दिए।
लागुऔषधको दुर्व्यसनमा फसेकाहरुलाई नयाँ जीवन दिंदै आएको सुधार केन्द्रले विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । त्यस्तै एलएक्स सिटी फुटबल प्रतियोगितालाई पनि १० हजार पीस टिकट सहयोग गरेको थियो।
भुल्के युवा समाजको आयोजनामा हुने प्रथम सलकपुर खुल्ला फुटबल प्रतियोगितामा मुख्य आर्थिक सहयोग रहेको सोही वडाका वडाध्यक्ष खेमप्रसाद न्यौपानेले जानकारी दिए ।
प्रतियोगितामा प्रथम पुरुस्कार नगद ५० हजार ट्रफी,मेडल र प्रमाणपत्र,दोस्रो पुरुस्कार नगद २५ हजार ट्रफी,मेडल र प्रमाणपत्र रहेको छ। उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलकिपर,उत्कृष्ट स्ट्राइवेकर,उत्कृष्ट मिडफिल्डरलाई तीन-तीन हजार पुरस्कार प्रदान गरिने वडा सदस्य रोशननाथ उप्रेतीले बताए ।
यस्तै,उत्कृष्ट खेलाडीले ५ हजार प्राप्त गर्ने पत्रकार आयोजक भुल्के युवा समाजले सम्मेलन मार्फद जानकारी दिएको छ। प्रतियोगिता सलकपुर खेल मैदानमा हुने छन् भने प्रतियोगितमा ८ टीमले सहभागिता जनाउने छन्।



















