विराटचोक — मोरङको सुन्दरहरैँचा नगरपालिका-१२ स्थित सुकुना बहुमुखी क्याम्पसमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

सोमबारका क्याम्पसको अतिरिक्त क्रियाकलाप समिति र नेपाली शिक्षण विभागको संयुक्त आयोजनामा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।

"राष्ट्रको समृद्धिमा प्रतिभा पलायनको असर" को विषयमा भएको प्रतियोगितामा बिएस्सी प्रथम वर्षका सुमन ढुङ्गाना, बिएड प्रथम वर्षका पुनम दाहाल,  बिएड प्रथम वर्षकै टीकाराम कार्की र बिबिएस प्रथम वर्षका आकृती सुवेदी क्रमशः प्रथम, द्वितीय, तृतिय र सान्वना स्थान हासिल गरेको सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दाहालले जानकारी दिए ।

Untitled-4 (2) 6उक्त कार्यक्रममा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरू सहभागि भएकाको प्रतियोगितामा उपप्राध्यापक डा. दीपकप्रसाद न्यौपाने, उपप्राध्यापक उमादेवी गुरागाईँ  र शिक्षणसहायक विक्रम थापाले प्रतियोगिहरूको मूल्याङ्कन गरेका थिए । 

कार्यक्रममा क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले विजेता विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्दै थप सफलताका लागि उत्प्रेरण दिएका थिए । 

अतिरिक्त क्रियाकलाप समितिका संयोजक एवम् सहप्राध्यापक विदुर सुवेदीको सभापतित्वमा भएको कार्यक्रमलाई उपप्राध्यापक खगेन्द्रराज दाहालले सञ्चालन गरेका थिए ।

Untitled-3 (3) 15