विराटचोक — मोरङको सुन्दरहरैंचामा रहेको सिद्धार्थ युवा समाज क्लबले सुन्दर संगम सांगीतिक साँझ  २०८१ गर्ने भएको छ । क्लबले सुन्दरहरैंचा नगरपालिका - ६ स्थित देवकुमारी चोकमा मंगलबार बेलुका गर्ने भएको हो । 

कार्यक्रममा चर्चित गायक महेश काफ्ले,सुदन राई र्यापर दारी साथै स्थानिय कलाकार तथा अन्य नृत्यकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

नेपालीहरुको आउदै गरेको वडा दशैँको अवसर पारेर उक्त सांगीतिक साँझ गर्न लागिएको क्लबका अध्यक्ष अशिम राईले जानकारी दिए। 'कार्यक्रमबाट आएको केहि रकमले अक्षय कोष निर्माण गरी त्यहाँबाट जम्मा भएको पैसाले विभिन्न गरिव तथा निम्न आय भएका विद्यार्थीहरुलाई सहयोग गर्ने मुख्य उदेस्य रहेको अध्यक्ष राईले बताए । सुन्दरहरैंचा-६ को मुख्य व्यापारिक केन्द्र संगम टोलमा रहेका व्यापारिहरुलाई पनि केही फाइदा पुगोस् भन्ने हेतुले उक्त स्थानमा कार्यक्रम गर्न लागिएको उनले बताए। 

कार्यक्रमामा करिव ५ लाख खर्च हुने आयोजकले अनुमान गरेको छ। नेपालीहरुको महान चार्ड दशैँको बेला भएकाले ठूलो संख्यामा दर्शकहरु आउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।