काठमाडौँ —पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । कलेजोसम्बन्धी समस्या कारण उपचारका क्रममा काठमाडौँको फ्रन्टलाइन अस्पतालमा आज दिउँसो २ बजे उहाँको निधन भएको हो।
ढुंगानाले २०४८ सालदेखि २०५१ सालसम्म सभामुखको जिम्मेवारी सम्हाल्नुका साथै कानुनी क्षेत्रमा वरिष्ठ अधिवक्ताका रूपमा योगदान दिनुभएको थियो।
नेपाली राजनीतिमा योगदान गरेका वरिष्ठ व्यक्तित्व ढुंगानाको निधनले देशले एक अनुभवी नेता र अधिवक्तालाई गुमाएको छ।




















