मोरङ— नेकपा एकीकृत समाजवादी कोशी प्रदेश कमिटी सदस्य रविन नगरकोटीसहित एक दर्जन बढी नेता कार्यकर्ता नेकपा एमालेमा फर्किनुभएको छ ।
नेकपा एमाले मोरङ पार्टी कार्यालयमा उहाँहरूलाई एमालेमा स्वागत गरेको हो । तत्कालीन पूर्वाञ्चल खेलकुद विकास समिति अध्यक्ष समेत रहनुभएका नगरकोटी सहित खेलक्षेत्रका १५ जना एमालेमा प्रवेश गरेको एमाले केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरेले बताउनु भयो ।
उहाँका अनुसार नगरकोटी सहित राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका खेलाडी हुनुहुन्छ । नवप्रवेशीहरूलाई पार्टीले चाँडै जिम्मेवारी दिइने घिमिरेले बताउनु भयो ।
यसअघि नेकपा एस परित्याग गरि कोषराज नेउपाने, हरि सुवेदी, खेमराज तिम्सिना लगायतका ५० वढी नेताहरूले नेकपा एमाले पार्टी सदस्यता नविकरण गर्नुभएको थियो ।




















