काठमाडौं— गायक बद्री पंगेनीको हिन्दू र मुस्लिमबिचको प्रेम सम्बन्ध गाँसिएको म्युजिक भिडियो ‘कन्या राशी’ सार्वजनिक भएको छ । नारायण ज्ञवालीको शब्द रहेको गीतमा पंगेनी र चर्चित गायिका समीक्षा अधिकारीको स्वर रहेको छ ।

राजनीतिमा सक्रिय रहेकी गायक बद्री पंगेनीकी छोरी बिहानीले ‘कन्या राशी’बाट अभिनय सुरु गरेकी छन् । बीएएलएलबी अध्ययनरत बिहानीले सत्तारुढ दल नेकपा एमाले निकट अनेरास्ववियुकी केन्द्रीय सदस्य पनि हुन् ।

प्रशान्त मगरको नृत्य निर्देशन रहेको गीतको भिडियोमा बिहानीसँगै अशोक पंगेनी, हमिद मियाँ, भवानी पंगेनी, श्याम पटेलको नृत्य तथा अभिनय रहेको छ ।

गीतको भिडियोमा हिन्दू समुदायको युवती र मुसलमान समुदायको युवकबीचको प्रेम सम्बन्धलाई देखाइएको छ ।

हेर्नुहोस भिडियो