सल्यान—सल्यानमा एकीकृत समाजवादीबाट आफ्नै घर नेकपा एमालेमा फर्कनेहरुको लहर चलेको छ । शनिबार नेकपा एमाले शारदा नगर कमिटिले श्रीनगरमा आयोजना गरेको कार्यक्रममा नेकपा एसका केन्द्रिय परिषद सदस्य,जिल्ला कमिटी सदस्यहरु सहित ३५ जना नेता कार्यकर्ता एमालेमा फर्किएका छन् । 

विगतको भुललाइ सच्याउदै र जनप्रीय पार्टी एमालेलाइ अझै सशक्त बनाउने प्रतिबद्धता सहित समाजवादीका केन्द्रिय परिषद सदस्य तथा कर्णाली प्रदेश कमिटी सदस्य ज्ञानेश्वर केसी, जिल्ला कमिटी सदस्य तथा शारदा नगर कमिटी सह इन्चार्ज राजेश बिक, जिल्ला कमिटी सदस्य तथा शारदा नगरकमिटी सचिव नवराज बुढाथोकी, जिल्ला कमिटी सदस्य तथा वडा अध्यक्ष गणेश बुढाथोकी सहित ३५ जना नेता कार्यकर्ता एमालेमै फर्किएका हुन्  ।

त्यसैगरी एमालेमा समाहित हुने अन्य नेता कार्यकर्ताहरुमा समाजवादीका शारदा नगर कमिटी सदस्य हेमा शर्मा, इन्द्रा बिक, भरत बुढाथोकी, जिवराज शर्मा, रमेश बिक, वडा कमिटी उपाध्यक्ष यज्ञ बहादुर बिक सहित कैलाश बुढाथोकी, जोगेन्द्र बिक, केशव बिक, राम बहादुर बुढाथोकी, पोस्कर बिक, खिम बहादुर डांगी, आशा विक, किरण बिक, श्रीधर बिक, किरण बुढाथोकी, नशिव बिक, किरणप्रताव बिक, रश्मि लामा बिक, भुपेन्द्र बिक, निर्मला थापा, सीता बस्नेत, अन्जित कुमार श्रेष्ठ, सुरेश बिक, हिरालाल रावत, खड्ग बहादुर रेउले, राम बहादुर बिक, कर्ण बहादुर खत्री, रुद्र बहादुर थापा, कालिका खड्का, खुम बहादुर बिक रहेका छन् ।

469552736_1776028726584969_7176887065420224450_nउनीहरुलाई  एमालेमा स्वागत गर्दै एमाले केन्द्रिय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज गोविन्द कुमार पुन, कर्णाली प्रदेश कमिटी अध्यक्ष गुलाबजंग शाह, पार्टीका प्रदेश कमिटी सदस्यहरु सरिता हमाल, कुन्ता बस्नेत, जिल्ला कमिटी अध्यक्ष भिम बहादुर सेन लगायतका नेताहरुले यो समायोजनले एमालेप्रति जनताको बढ्दो विश्वास पुष्टि गरेको र संगठित भएर अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

एमालेमै फर्किएपछि  कार्यक्रममा बोल्दै समाजवादीका केन्द्रिय परिषद सदस्य तथा कर्णाली प्रदेश कमिटी सदस्य ज्ञानेश्वर केसीले पार्टी फुटेर बनाएको नयाँ संगठनले मजबुती र औचित्य देखाउन नसकेको र एमालेकै नेतृत्वमा देश र जनताको सेवा गर्न सकिन्छ भन्ने निष्कर्षसाथ आफैले निर्माण गरेको पुरानो पार्टीमा फर्किएको बताए ।

यस्तै समाजवादीका जिल्ला कमिटी सदस्य तथा शारदा नगर कमिटी सह इन्चार्ज राजेश बिक, जिल्ला कमिटी सदस्य तथा शारदा नगरकमिटी सचिव नवराज बुढाथोकीले बोल्दै विगतमा भावनामा बगेर गलत निर्णयमा पुगिएछ भन्ने महसुस भएको र एकताले मात्रै बलियो राजनीतिक भविष्य सुनिश्चित गर्न सक्छ भन्ने विश्वासको साथ विनाकुनै स्वार्थ एमालेमै फर्किएको बताए ।

 कार्यक्रममा जिल्ला कमिटी उपाध्यक्ष ओज बहादुर बुढाथोकी, सचिव पुस्पा बोहरा, उपसचिव द्वय गणेशमान सिंह, सनशिल्ता वली डिसि लगायत जिल्ला कमिटी सदस्यहरु, विभिन्न जनवर्गीय संगठनका नेताहरु लगायतको सहभागिता रहेको थियो । 

 कार्यक्रममा नगर कमिटी उपाध्यक्ष राम बहादुर भण्डारीले स्वागत मन्तव्य गरेका थिए भने  कार्यक्रममको संचालन सचिव बिनोद चलाउनेले गरेका थिए।