बिर्तामोड—झापास्थित बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटी पक्राउ परेका छन्  । बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका एकजना अधिकृतले बताए । 

काँकडभिट्टाबाट पक्राउ गरेर उनलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा ल्याइएको छ । उनको घरमा कामदारको रूपमा राखिएकी बालिकालाई यौन दुर्व्यवहार गरेको सूचना पाएपछि उनी पक्राउ परेका हुन् । 

बालिकालाई सामाजिक संस्थासँगको सहकार्यमा प्रहरीले काँकडभिट्टाबाट उद्धार गरेको छ । बालिका भारतको आसाम जान लागेकी थिइन् । कलेज ड्रेसमा आसाम हिँडेको भेटेपछि सामाजिक संस्थाका प्रतिनिधिले सोधपुछ गर्दा बालिकाले आफूमाथि दुर्व्यवहार भएको बताएको अनुसन्धान अधिकृतहरू बताउँछन् ।