विराटचोक— यामाहा स्कुटर तथा मोटरसाइकलको आधिकारिक बिक्रेता बि.एण्ड बि.अटो ट्रेडर्स विराटचोकले पौष १३ गते यामाहा रे–जेडआर १२५ एफआई हाइब्रिडको माइलेज च्यालेन्ज र र्याली गर्ने भएको छ । यो कार्यक्रम यामाहाको चर्चित स्कुटरको विशेषताहरू प्रमाणित गर्ने उद्देश्यले आयोजना गरिएको हो।
यस प्रतियोगितामा सुन्दरहरैँचा, बेलबारी, केरावारी, ग्रामथान, कानेपोखरी, र लेटाङलगायतका स्थानबाट ४० जना भन्दा बढी रे–जेडआर १२५ एफआई हाइब्रिडको चालकहरूको सहभागिता रहने छ।
कार्यक्रमको प्रारम्भ सुन्दरहरैँचा-९ स्थित विराटचोक यामाहा शोरुमबाट हुनेछ र होटल ड्रिम गार्डेन, पुष्पलालचोकमा समापन हुनेछ। प्रतियोगितामा स्कुटरले दिएको माइलेजका आधारमा विजेता घोषणा गरिने बि.एण्ड बि.अटो ट्रेडर्सका प्रोप्राइटर विष्णु कार्कीले जानकारी दिए ।
यामाहाको यो माइलेज च्यालेन्जले ग्राहकहरूले दिएको भरोसालाई थप सुदृढ गर्ने र रे–जेडआर १२५ एफआई हाइब्रिडको उत्कृष्ट माइलेज क्षमतालाई पुष्टि गर्ने अवसर प्रदान गर्नेछ।
यामाहा नेपालका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवालका अनुसार, यस्ता कार्यक्रमहरूले ग्राहकहरूसँगको सम्बन्धलाई सुदृढ गर्ने र उत्पादनप्रति उनीहरूको विश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।
यस माइलेज च्यालेन्जबाट नेपालभरको स्कुटर सेग्मेन्टमा सबैभन्दा उच्च माईलेज दिने स्कुटर भनेर सत्य साबित गर्ने मौका र ग्राहकहरूबाट पाउँदै आएको भरोसालाई थप बलियो बनाउने अवसर मिल्ने निर्देशक अग्रवालको भनाइ रहेको छ ।
पछिल्लो समय यामाहा कम्पनिको बिभिन्न मोडलका मोटरसाइकल तथा स्कुटरहरु युवा वर्गमा धेरै रोजाइमा पर्ने गरेको छ ।



















