विराटचोक—मोरङको बेलबारीमा पौष १६ गतेदेखि २७ गतेसम्म कोशी प्रदेशस्तरीय 'अप टु १५ किड्स खुल्ला नकआउट' फुटबल प्रतियोगिता आयोजना हुँदैछ। यो प्रतियोगिता बेलबारी फुटबल क्लबको आयोजनामा बेलबारी-३ स्थित टुक्रे खेल मैदानमा सम्पन्न हुनेछ।


प्रतियोगितामा झापा, मोरङ, र सुनसरीका १६ टीमहरु को सहभागिता रहनेछ। मिक्लाजुङ गाउँपालिका, सुनबर्सी फुटबल क्लब, न्यु स्टार एकेडेमी, रामधुनी, लालीगुराँस फुटबल क्लब, बिराटनगर, जहदा फुटबल क्लब, धरान सीटी फुटबल क्लब, सुन्दरहरैंचा फुटबल क्लब, एन्फा एकेडेमी, मोरङ, जनपथ फुटबल एकेडेमी, बिराटनगर, जाँते बिकास फुटबल क्लब, उर्लाबारी फुटबल क्लब, ध्रुवतारा स्पोर्टिङ क्लब, दमक, केराबारी गाउँपालिका, लेटाङ फुटबल क्लब र आयोजकको तर्फबाट दुईवटा टीम सहभागी हुनेछन् ।
विभिन्न संघसंस्था एवम् देश बिदेशमा रहेका व्याक्तिहरुको सहयोगमा हुने प्रतियोगिताको बिजेता टीमले ५१ हजार १ सय ११ र उपबिजेताले २५ हजार ५ सय रुपैयाँ सहित ट्रफी र मेडल पाउनेछ । प्रतियोगिताको खेलका म्यान अफ द म्याचले जुत्ता पाउनेछन् ।

प्रतियोगिताका बेष्ट प्लेयरलाई गियरवाला साइकल, सर्वाधिक गोलकर्तालाई फुटबल, बेष्ट गोल किपरलाइ फुटबल ग्लोब र बेष्ट मिडफिल्डर तथा बेष्ट डिफेन्डरलाइ ब्राण्डेड फुटबल सुज दिइनेखेल संयोजक तथा आयोजक बेलबारी क्लबका कार्यबाहक सचिव जनक पोख्रेलले जानकारी दिए । प्रतियोगितामा संयन्त्र मिडिया, रेडियो बेतना र कछुवा दैनिक अफिसियल मिडियाका रूपमा रहनेछन् ।