काठमाडौं—काठमाडौं—नेकपा (एकीकृत समाजवादी) र नेता वामदेव गौतमको नेतृत्वमा रहेको एकता अभियानबिच पार्टी एकताको सैद्धान्तिक सहमति जुटेको छ ।

बुधवार आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा भएको छलफलपछि दुवै पक्षले सकारात्मक प्रतिक्रिया दिएका छन्।

वामदेव गौतमले छलफललाई उत्साहजनक बताउँदै अब धेरै समय कुर्न नपर्ने संकेत गरेका छन्। राजनीतिक, सैद्धान्तिक, र वैचारिक विषयमा व्यापक छलफलपछि सहमति जुटेको र एकताबद्ध भएर अघि बढ्न तयार रहेको बताएका छन्।

नेकपा (एकीकृत समाजवादी) का पदाधिकारीहरू र एकता अभियानका नेताहरूबीचको छलफलमा संगठनात्मक व्यवस्थापनका विषयहरू समेत समेटिएको छ। विशेषगरी, एकता अभियानमा संलग्न नेताहरूको भूमिका र व्यवस्थापनबारे सहमति बन्ने सम्भावना देखिएको छ।