विराटचोक—सुनसरीका युवाहरूले निर्माण गरेको सन्देशमूलक फिल्म "शोषणको अन्त्य" माघ १९ गते झुम्काको म्याजिक सिनेमा हलमा प्रदर्शन गरिँदै छ। करिब सात महिनाको मेहनतमा तीन लाख रुपैयाँ लागतमा निर्माण गरिएको यो फिल्मले समाजमा भइरहेको अत्याचार र दास शोषणको अन्त्य गर्ने उद्देश्य राखेको छ।

WhatsApp Image 2025-01-30 at 21.10.57_e529be2dफिल्मको छायांकन धनकुटा, इटहरी, र खनार जस्ता ठाउँहरूमा गरिएको निर्देशक आयुष निरौलाले जानकारी दिए । व्यवस्थापक मोहन बस्नेतका अनुसार, १५ देखि २० वर्ष उमेर समूहका युवाहरूको सक्रिय सहभागितामा हालसम्म तीनवटा चलचित्र निर्माण गरिसकिएको छ।

दुई घण्टा समय अवधि रहेको चलचित्रमा आयुष निरौला, यास ठाकुर,आशिष आशिष लकन्द्री, मोहन बस्नेत र उषा निरौला मुख्य भूमिकामा अभिनय रहेको छ । 

युवाहरूको यस्तो प्रयासले समाजमा सकारात्मक सन्देश दिनुका साथै उनीहरूको सिर्जनात्मक क्षमतालाई प्रोत्साहन गर्ने काम गरेको छ। फिल्मको विषयवस्तु र निर्माण प्रक्रियाले दर्शकहरूको मन जित्ने अपेक्षा गर्न सकिन्छ। 

WhatsApp Image 2025-01-30 at 21.10.57_30c66118WhatsApp Image 2025-01-30 at 21.10.57_80c54ee0