काठमाडौं —बेलायतका राजकुमार एडवार्ड र उनकी श्रीमती सोफिया मंगलबार नेपाल भ्रमणमा आउने भएका छन्। उनीहरू बेलायती राजा चार्ल्स तृतीयका भाइ र बुहारी हुन्। राजकुमार एडवार्ड र सोफिया छुट्टाछुट्टै विमानमार्फत नेपाल आउने सुरक्षा स्रोतले जानकारी दिएको छ।

गृह मन्त्रालयका अनुसार, उनीहरूको भ्रमणका क्रममा माइती नेपाल, कीर्तिपुरको आँखा अस्पताल, भक्तपुरको एसओएस बालग्राम, र पोखराको भ्रमण गर्ने कार्यक्रम छ। यसका साथै राजकुमार र उनको टोली घुम्नका लागि पोखरासमेत जाने कार्यक्रम तय भएको छ ।

नेपाल भ्रमणको क्रममा राजकुमार र उनको टोलीको सुरक्षा व्यवस्थाका लागि नेपाल प्रहरीले व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) परिचालन गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ।