विराटचोक—मोरङको विराटचोकमा यही माघ ३० देखि सुन्दरहरैँचा विराट एक्स्पो ४ शुरु भएको छ । फागुन १० सम्म सञ्चालन हुने एक्स्पोको रात्रीकालीन कार्यक्रमले दर्शकहरूलाई मनोरञ्जन दिने तयारी गरेको छ। एक्स्पोमा गायक, हास्य कलाकार, तथा राष्ट्रिय स्तरका ख्यातिप्राप्त साङ्गीतिक समूहहरूले आफ्नो प्रस्तुति दिनेछन्। 

यी हुन् गायक, हास्य कलाकारहरु 

माघ ३० गते 

हास्य कलाकार मनोज गजुरेल र गायक दुर्गेश थापा

आगामी दिनका कार्यक्रम:

फागुन १: गायिका शान्तारानी परियार

फागुन २: मिस्टर डी

फागुन ३: गायक पुष्पन प्रधान

फागुन ४: गायक दीपक बज्राचार्य

फागुन ५: गायक बद्री पंगेनी र गायिका समीक्षा अधिकारी

फागुन ६: रक हेड्स ब्याण्ड

फागुन ७: गायिका आस्था राउत

फागुन ८: गायक नवीन के भट्टराई र हास्य कलाकारहरू पवन खतिवडा तथा सुन्दर खनाल

फागुन ९: गायक नितेशजंग कुँवर

फागुन १०: गायक प्रमोद खरेल

कार्यक्रमको उद्देश्य मनोरञ्जनसँगै स्थानीय कला-संस्कृतिको प्रवर्द्धन गर्नु हो। यसले दर्शकलाई उत्कृष्ट प्रस्तुति प्रदान गर्दै रमाइलो वातावरण सिर्जना गर्नेछ। 

एक्स्पोको दिवा सत्रमा एक सय र रात्रीकालीन कार्यक्रममा दुई सय रुपयाँ प्रवेश शुल्क रहेको आयोजक समितिले जनाएको छ ।