काठमाडौं – पोखरामा शनिबार भ्रमण वर्ष उद्घाटन गर्दा बेलुन पड्केर घाइते घाइते भएका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेललाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

गण्डकी मेडिकल कलेजमा प्राथमिक उपचारपछि उनलाई सिम्रिक एयरको हेलिकोप्टरमार्फत काठमाडौं ल्याएर कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ । पौडेलको घाँटी र गालामा आगोले पोलेको छ ।

शनिबार पोखरा महानगरले सुरु गर्न लागेको भ्रमण वर्षको उद्घाटन सत्रमा रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि ठूलो आवाजसहित बेलुन पड्किएको थियो ।

बेलुन पड्किएपछि सोही आगोको लप्काबाट अर्थमन्त्री पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्य घाइते भएका थिए । मेयर आचार्यलाई  उपचारका लागि फिस्टेल हस्पिटल लगिएको थियो ।

Untitled-2 (9) 31