धनकुटा— धनकुटामा विभिन्न पार्टी परित्याग गरि नेता कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन् । एमाले सहिदभूमि गाउँपालिका  ५ नं. वडा कमिटीको  दोस्रो अधिवेशनको अवसर पारेर जसपा सहिदभुमी गाउँपालिका अध्यक्ष रामबहादुर गाैरा राई, नेकपा एस ५ न.वडा कमिटी सचिव मेखबहादुर राई लगायतले  एमाले प्रवेश गरेका हुन् ।   

एमालेको निति, विचार र सिद्धान्तलाई मन पराएर एमाले प्रवेश गरेको नवप्रवेशीहरुले बताएका छन् । उनीहरुलाई कार्यक्रमको प्रमुख अतिथि एमाले केन्द्रिय सदस्य साथै धनकुटा निर्वाचन क्षेत्र “ख” इन्चार्ज सकुन्तला बस्नेतले पार्टीमा स्वागत गरेकी थिइन् । 

शनिबार भएको अधिवेशनले बालचन्द्र राईकाे अध्यक्षतामा २३ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन गरेको छ । कमिटी उपाध्यक्षमा मधुसूदन राई, सचिवमा   भुइँदल राई, उप-सचिवमा रत्न राई, चित्रकला राई लगायत सदस्यहरु रहेकाछन् ।

487308883_2805802336288929_6383299250535557964_nजनसंगठनहरुको कमिटी गठन 

सोही वडामा पार्टीको वडा अधिवेशन संगै जनसंगठनहरुको कमिटी गरिएको छ । अनेमसंघमा सर्मिला राईको अध्यक्षतामा ११ सदस्यिय कमिटी गठन गरिएको छ । उपाध्यक्षमा संगिता राई, सचिवमा सन्देशमाया राई, उप-सचिव सावित्रा राई, कोषाध्यक्ष  यसोदा राई रहेका छन् । त्यसैगरी राष्ट्रिय यूवा संघ नेपालको संग्राम राईको नेतृत्वमा १३ सदस्यीय गठन गरिएको छ । उपाध्यक्षमा दिपन राई,  सचिव मेखबहादुर राई, उप-सचिव आकाश राई, कोषाध्यक्ष कृतिका राई रहेकाछन् ।

यस्तै  लोकतान्त्रिक आदिवासी जनजाती महासंघमा  राजकुमार राईकाे अध्यक्षतामा ७  सदस्यिय कमिटी गठन गरिएको छ । महासंघको उपाध्यक्ष  दिपन राई, सचिवमा थाम बहादुर राई, उप- सचिव  रुपनारायण राई,कोषाध्यक्ष उद्दव राई रहेकाछन् ।

अखिल नेपाल किसान माहासंघमा रामबहादुर बिककाे अध्यक्षतामा ९ सदस्यीय कमिटी गठन गरिएको छ । उपाध्यक्षमा  दिलकुमारी बिक, सचिवमा भक्त बिक, उप- सचिवमा लिला बिक, कोषाध्यक्षमा शान्ति बिक रहेका छन् ।  

अधिवेशनमा एमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्य तथा कोशी प्रदेश सभा सदस्य इन्द्रमणी पराजुली, प्रदेश कमिटी सदस्य, एवम् सहिदभुमी पालिका कमिटी इन्चार्ज साबित्रा राई,सहिदभूमि गाउँपालिका अध्यक्ष तथा पार्टी कोशी प्रदेश सल्लाहकार परिषद सदस्य मनोज राई धनकुटा जिल्ला कमिटी अध्यक्ष शिव आङ्ला लगायतको आतिथ्यता रहेको थियो ।

486845839_2806031916265971_3777307108338373171_n