काठमाडौं—रास्वपाका सभापति रवि लामिछानेलाई शुक्रबार काठमाडौं प्रहरी परिसरमा राखिने भएको छ ।
सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा शुक्रबार राति पक्राउ परेका लामिछानेलाई प्रहरीले शनिबार मात्रै रुपन्देही लैजाने तयारी गरेको हो ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रूपन्देहीको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा थुनामा पठाउने आदेश दिएसँगै प्रहरीले उनलाई उनको निवास बूढानीलकण्ठबाट शुक्रबार साँझ पक्राउ गरेको छ ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले लामिछानेलाई शुक्रबार थुनामा पठाउने आदेश गरेको थियो ।
उक्त मुद्दामा रूपन्देही जिल्ला अदालतले एक करोड धरौटीमा रिहा हुने आदेश गरेको थियो ।



















