ललितपुर– नेपाल घरेलु तथा साना उद्योग महासंघका वरिष्ठ उपाध्यक्ष सूर्य कडेल नेकपा (एमाले) मा प्रवेश गरेका छन्। च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा नेकपा (एस) का केन्द्रीय प्रतिनिधि परिषद् सदस्य समेत रहेका कडेललाई पार्टी महासचिव शंकर पोखरेलले स्वागत गरेका हुन्।
कार्यक्रममा नेकपा (एमाले) का नुवाकोट जिल्ला इन्चार्ज केशव पाण्डे, नुवाकोट जिल्ला कमिटी अध्यक्ष बद्री मैनाली लगायत जिल्लाका अन्य नेताहरूको उपस्थिति थियो। उपस्थित नेताहरूले कडेलको आगमनले पार्टीलाई नयाँ ऊर्जा मिल्ने र संगठन अझ सशक्त बन्ने विश्वास व्यक्त गरेका छन् ।
पार्टी प्रवेशका क्रममा कडेलले आफ्नो अनुभव र योगदानले पार्टीलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले नेकपा (एमाले) को नीति, सिद्धान्त, र संगठनात्मक क्षमताले आफूलाई पार्टीमा प्रवेश गर्न प्रेरित गरेको बताए।




















