विराटचोक — मोरङको सुन्दरहरैँचा नगरपालिका–१ का ५० वर्षीय अमर सुनुवार आइतबार झापाको दमक नगरपालिका–४ स्थित कृष्ण माध्यमिक विद्यालय नजिक नालीमा मृत अवस्थामा फेला परेका छन्।
उनको शव कृष्ण मन्दिरको पर्खाल नजिक घोप्टो परेको अवस्थामा भेटिएको हो। इलाका प्रहरी कार्यालय दमकका डीएसपी रामप्रसाद तिमल्सिनाका अनुसार कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि दमक अस्पताल पठाइएको छ।
सुनुवारको मृत्युको कारण हालसम्म खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




















