काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समुह नेपाली कम्युनिष्ट आन्दोलन सकाउने एजेन्ट एजेन्ट बनेको आरोप लगाएका छन ।
उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले आफूहरु बामपन्थी भएको नाटक गरेर कामचाँहि दक्षिणपन्थीलाई सघाइरहेको प्रधानमन्त्री ओलीले बताए ।
मदन भण्डारी फाउण्डेशनको महाधिवेशनलाई सम्बोधनको क्रममा नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले माधव र प्रचण्डको नाम नलिईकन ‘नाबाकाद’ अर्थात नामको बामपन्थी, कामको दक्षिणपन्थी रहेको पनि बताए ।
उनले नामका वामपन्थी कामका दक्षिणपन्थी ‘नावाकाद’हरु अझै सक्रिय रहेको बताए । प्रचण्ड र माधवको नाम नलिए पनि उनले सरकार ढल्यो–ढल्यो भन्नेहरू प्रचण्ड र अनेकौं आरोप लगाइरहने समुह माधव रहेको बताए । त्यो नाबाकाद समुहलाई कांग्रेस सभापति शेरबहादुर देउवा बैंककबाट फर्केपछि चिसो टाउकोमा पानी खन्याइदिएकाले उनीहरू छक्क परेको प्रधानमन्त्री ओलीले बताए ।
नाबाकाद समुहको नामांकण पहिला एक पटक विष्णुबहादुर मानन्धर समूहले बिश्लेषण गरेको उल्लेख गर्दै उनले माधव प्रचण्ड अहिलेको अवस्थामा सो समुह रहेको बताए । मानन्धर समुहले केशरजङ्ग रायमाझीहरूलाई ‘नावाकद’ भन्ने गरेको स्मरण गर्दै अहिले सरकार विरोधीहरू पनि नावाकाद नै रहेको उनको भनाई थियो ।
‘नाबाकाद दुईटा छन । एउटा कम्युनिस्ट आन्दोलन ध्वस्त पार्न हाम्रा विरुद्ध विभिन्न प्रकारका लाल्छना र आरोप लगाउने । अर्को ढल्यो ढल्यो ढल्यो सरकार ढल्यो । अहिले ढल्यो भरे ढल्यो, शेरबहादुरजी फर्कने वित्तिकै ढल्यो भन्नेहरु छन,’ प्रधानमन्त्री ओलीले भने
‘नावाकाद भनेको छोटकरीमा ‘नामका वामपन्थी, कामका दक्षिणपन्थी । पहिला बिष्णुबहादुर मानन्धर समहले नामांकण गरेको त्यो ‘नावाकादहरु अहिले पनि छन् । उनीहरूको दुईवटा उद्देश्य रहेको छ,’ ओलीको भनाई थियो । उनीहरु एमालेबिरुद्ध तथानाम गाली गरेर नाबाकाद हौं भन्ने प्रमाणित गरिरहेको प्रधानमन्त्री ओलीले बताए ।
उनले सो समुह नेपाल बन्छ कि भनेर त्रसित भइरहेको र अहिलेको सरकारले नराम्रो काम केही पनि नगरेको भएपनि मनपरी आरोप लगाइरहेको बताए । आफूहरु यी दुवै समुहसँग सतर्क रहेको पनि उनले प्रष्ट पारे ।




















