काठमाडौं— पूर्व उपप्रधानमन्त्री डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका तत्कालीन ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङमाथि लागेको २० करोड रुपैयाँ प्रकरणको छानबिन गर्न माग गरेका छन्।

रावलले प्रधानमन्त्री ओलीनिकट मानिने एमाले पोलिटव्युरो सदस्य महेश बस्नेतले तामाङमाथि सार्वजनिक रूपमा लगाएको आरोपको सत्यतथ्य छानबिन गर्नुपर्ने बताए। त्यस्तै, तामाङले बस्नेतमाथि लगाएको गम्भीर आरोपबारे पनि छानबिन आवश्यक रहेको उनले उल्लेख गरे।

प्रधानमन्त्री ओलीनिकट बस्नेतले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा तत्कालीन ऊर्जा राज्यमन्त्री तामाङले आफ्नै पार्टीका नेतासँग २० करोड रुपैयाँको डील गरेको आरोप लगाएका थिए।

यस आरोपको प्रतिवाद गर्दै तामाङले बस्नेतलाई "बलात्कारी" को संज्ञा दिँदै गम्भीर प्रश्न उठाएका छन्।

"यस्तो गम्भीर कुराको छानबिन हुनुपर्दैन र? कि गठबन्धन सरकारको सुशासन भनेकै यस्तै खेलको झेल हो?" रावलले प्रश्न गरेका छन्।