- भगवती अर्याल
विराटचोक—कतिपय नेताहरू चुनावका बेला भोट माग्न त घरदैलोमा आउँछन्, तर जितेर गएपछि जनता र उनीहरूको समस्यालाई बेवास्ता गर्ने गुनासो सर्वत्र सुनिन्छ। तर, मोरङको सुन्दरहरैँचा नगरपालिकाकी उपप्रमुख अकली चौधरीले यस धारणा गलत साबित गरिदिएकी छिन्।
उपप्रमुख चौधरीले चुनाव जितेपछि पनि जनतासँग प्रत्यक्ष संवाद गर्ने र उनीहरूको समस्याको समाधान खोज्ने आफ्नो प्रतिबद्धतालाई कार्यान्वयनमा ल्याइरहेकी छिन्। उनले नगरवासीको समस्या सुन्न र सहयोग पुर्याउन घरदैलो कार्यक्रमलाई तीव्रता दिएकी छिन्। यसै क्रममा, हालै उनले वडा नं. ६ स्थित डिपु टोलमा पुगेर उनले पूर्ण अशक्त अपाङ्ग व्यक्तिहरूसँग संवाद गरेकी छिन्।
कार्यक्रमको मुख्य उद्देश्य नगरपालिकाभित्रका अपाङ्गता भएका व्यक्तिहरूको अवस्थाबारे प्रत्यक्ष जानकारी लिनु र उनीहरूलाई आवश्यक सहयोग उपलब्ध गराउने रहेको छ । नगरपालिकाका १२ वटै वडामा पुगेर उनले यसरी नै जनताका समस्या सुन्ने र समाधानका उपायहरू पहिल्याउने बताएकी छिन ।
डिपु टोलमा भेटघाटमा, उपप्रमुख चौधरीले अपाङ्गता भएका व्यक्तिहरूका लागि विशेष सेवासुविधा प्रदान गर्न नगरपालिकाले पहल गरिरहेको जानकारी गराउँदै, स्थानीय प्रशासनसँग समन्वय गरेर थप प्रभावकारी कार्यक्रम ल्याइने प्रतिवद्धता व्यक्त गरिन्।
यो पनि पढ्नुहोस-सुन्दरहरैँचामा तीन वर्षमा यस्ता भए विकासका प्रमुख उपलब्धि
जनताको घरदैलोमा पुग्ने यो कदमले उपप्रमुख चौधरीको सक्रियता र जिम्मेवारीप्रति लगावलाई प्रतिबिम्बित गरेको छ। स्थानीय बासिन्दाले पनि उनको यो जनताको घरदैलोमा पुग्ने यो कदमले उपप्रमुख चौधरीको सक्रियता र जिम्मेवारीप्रति लगावलाई प्रतिबिम्बित गरेको छ। स्थानीय बासिन्दाले पनि उनको यो प्रयासको खुलेर प्रशंसा गरेका छन्। एक स्थानीयले भने, "उहाँजस्तो जनप्रतिनिधि हामीले पाउनु नै भाग्यको कुरा हो। उहाँले हाम्रा समस्यालाई आफ्नो जिम्मेवारी मानेर काम गरिरहनुभएको छ।"
यस कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार्न र नगरवासीहरूसँग नजिकको सम्बन्ध स्थापित गर्न महत्त्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ। उपप्रमुख चौधरीको यो कदमले नेता र जनताको सम्बन्धलाई बलियो बनाउन मात्रै नभई राजनीतिमा विश्वास र विश्वासनीयता फर्काउने उदाहरण पनि प्रस्तुत गरेको छ।
चौधरी गत २०७९ सालमा भएको स्थानिय तहको निर्वाचनमा नेकपा (एमाले) को तर्फबाट उपप्रमुखमा निर्वाचित भएकी थिइन् ।




















