केराबारी—गोर्खा सेमिट्रीज ट्रष्ट नेपालको आयोजनामा र केराबारी गाउँपालिकाको सहकार्यमा "प्रथम गोर्खा केरावारी रन २०८२" भव्य रूपमा सम्पन्न भएको छ। "कृषि पर्यटनसहितको पूर्ण पूर्वाधार, समृद्ध केरावारी हाम्रो आधार" भन्ने मूल नाराका साथ आयोजना गरिएको यो दौड प्रतियोगिता केरावारीमा सफलतापूर्वक आज सम्पन्न भएको हो।

कार्यक्रमको उद्घाटन केरावारी गाउँपालिका अध्यक्ष सुमन मिरिङ्चिङले गरेका थिए । 

Untitled-2 (4) 23यो दौड प्रतियोगिताले गाउँपालिका भित्र कृषि पर्यटन प्रवर्द्धन गर्नुका साथै समुदायमा स्वास्थ्य र खेलकुदप्रतिको चेतनाको विकास गर्ने लक्ष्य लिएको अध्यक्ष सुमन मिरिङ्चिङले बताए । सहभागीहरूले दौड प्रतियोगिताप्रति ठूलो उत्साह देखाएका थिए।

कार्यक्रमको समापन समारोहमा विजेताहरूलाई प्रमाणपत्र र पुरस्कार वितरण गरिएको थियो। आयोजक गोर्खा सेमिट्रीज ट्रष्ट नेपाल र सहआयोजक केराबारी गाउँपालिकाले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति र संस्थाहरूलाई धन्यवाद व्यक्त गरेका थिए ।

Untitled (5) 9कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जयराम श्रेष्ठ, वडा नं ८ का वडाध्यक्ष कमलकुमार बस्नेत, कार्यपालिका सदस्य गंगा लिबू, तथा वडा नं ८ र १० का वडा सदस्यहरूको विशेष उपस्थिति रहेको थियो।

यो कार्यक्रमले कृषि पर्यटन र खेलकुदलाई एकसाथ अघि बढाउने नयाँ दृष्टिकोण प्रस्तुत गरेको छ। केराबारी गाउँपालिकाको यो प्रयासले समृद्ध र स्वस्थ समाज निर्माणमा योगदान पुर्‍याउने विश्वास लिइएको छ।

Untitled (4) 9