झापा – दमक नगरपालिकाका पूर्व प्रमुख इन्द्र बुढाथोकीको निधन भएको छ। शनिबार ७२ वर्षको उमेरमा उनको दमक ५ स्थित निजिघरमै बिहान ९.५५ मा निधन भएको हो । 

परिवार स्रोतका अनुशार उनी केही समयदेखि स्वास्थ्य समस्याका कारण उपचार गराइरहेका थिए।

उनको निधनको शोकमा श्रद्धाञ्जली अर्पण गर्न नगरपालिकाले आज १२ बजे सम्म नगरपालिकाको कार्यालयमा पार्थिव शरीर राख्ने जानकारी प्राप्त भएको छ । नगरपालिकाले नगरवासी, राजनीतिक दलका प्रतिनिधि, र शुभचिन्तकहरूलाई श्रद्धाञ्जली अर्पणका लागि उपस्थित हुन आग्रह गरेको छ।

नगरपालिकाका पहिलो निर्वाचित प्रमुखको रूपमा बुढाथोकीले दमकको विकासमा उल्लेखनीय योगदान गरेका थिए। उनका कार्यकालमा दमकमा शिक्षा, स्वास्थ्य, र भौतिक पूर्वाधारको क्षेत्रमा महत्त्वपूर्ण प्रगतिहरू भएका थिए।

दीपक बुढाथोकी दमकका एक सम्मानित समाजसेवीका रूपमा पनि परिचित थिए। उनको निधनले नगरवासीमा शोकको वातावरण छाएको छ।

उनको आज नै दाहसस्कार गरिने परिवारले बताएको छ ।