काठमाडौं—पूर्वमन्त्री लालबाबु पण्डितकी जीवनसंगिनी बिमला महतको १२:४५ बजे निधन भएको छ। पण्डितले सामाजिक सञ्जालमार्फत यो दुःखद खबर सार्वजनिक गरेका हुन्।

उनले आफ्नो पोस्टमा लेखेका छन्, "मलाई एक्लो बनाई मेरी जीवन संगिनी बिमला महत आज १२:४५ बजे निधन भएको छ। हार्दिक श्रद्धाञ्जलि।"

 महतलाई मायसाइटिस रोग लागेको थियो, जसले मांसपेशी कमजोर बनाउँछ। 

स्व. महतको जन्म वि.सं. २०२२ साल असोज २ गते भएको थियो। लामो समयदेखि स्वास्थ्य समस्यासँग संघर्ष गर्दै आएकी महतको निधनले उनको परिवार र शुभचिन्तकहरूलाई ठूलो क्षति पुर्‍याएको छ।