काठमाडौं—भिजिट भिसा दुरुपयोग र मानव तस्करी विषयमा छानबिनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डिपी अर्याल)विरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उजुरी परेको छ ।आफूलाई सामाजिक अभियन्ता बताउने युवराज सफलले पूर्वमन्त्रीसमेत रहेका अर्यालविरुद्ध उजुरी दिएका हुन् ।

प्रतिनिधिसभाको गत असार १५ गतेको बैठकमा सांसद अर्यालले आफू सुमिरे टुर्स एण्ड ट्राभल्स प्रालिको सञ्चालक रहेको र वर्षौँदेखि जापानमा भिजिट भिसामा नेपाली नागरिक पठाउँदै आएको स्विकारे लगत्तै सफलले उजुरी हालेका हुन् ।

सफलले उनको कम्पनीमार्फत विदेश पठाइएका नागरिकहरूको प्रक्रिया, कागजात र वैधानिकता विषयमा गहिरो छानबिन गर्न पनि माग गरेका छन् ।