काठमाडौं — सत्तारुढ दल नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष रवि लामिछानेको पक्षमा चलाइएको हस्ताक्षर अभियानको समर्थन गरेका छन्।
एक मिडिया संगको कुराकानीमा भण्डारीले भने, "नयाँ पार्टी र नयाँ जोश भएकाले जनतासँग जोडिने रणनीतिका रूपमा हस्ताक्षर अभियान चलाइएको हो। जुनसुकै पार्टीले आफ्नो रणनीति अपनाउने अधिकार हुन्छ।"
उनले यसलाई अनावश्यक रूपमा विरोध गर्नु आवश्यक नरहेको टिप्पणी गर्दै, अहिलेका राजनीतिक दलहरूले गरिरहेका गल्तीहरूको आलोचना गरे। “आजका दलहरूले गरेका गल्तीलाई आउँदो पुस्ताले क्षमा गर्नेछैन,” भण्डारीको चेतावनी थियो।
उनको अभिव्यक्तिलाई केही विश्लेषकहरूले लामिछानेको जनसहभागिता आधारित शैलीको समर्थनका रूपमा बुझेका छन्।त्यस्तै कांग्रेसका सांसद डा. सुनिल शर्माले पनि रवि लामिछानेको पक्षमा समर्थन गर्दै आएका छन् ।
स्रोत: लालीगुराँस डटकम




















