सिड्नी– गैर आवासीय नेपाली संघ (एनआरएनए)मा उम्मेदवारी दाबी मात्र होइन योग्यताको कसीमा पनि उभिन सक्ने क्षमता राख्छन्, सम्राट कँडेल। 

एनआरएनए अस्ट्रेलियाका लागि २०२५ देखि २०२७ सम्मको कार्यकालका लागि उनले युवाको उप–संयोजक बन्ने हाँक यसै देखाएका होइनन्। 

उनी सुगयोग्य उम्मेदवार हुनुका अनेक प्रमाण छन्। उनले उप संयोजक अर्थात् युथ डेपुटी कोओर्डिनेटर बनेर सेवा गर्नका लागि उम्मेदवारी घोषणा गरेका छन्।

राज गुरुङको नेतृत्वमा रहेको टिमबाट उम्मेदवार बनेका छन्। भन्छन्,‘मैले गरेका सेवाको प्रचार गर्न होइन, त्यसको प्रभाव र मुल्यांकनका लागि उम्मेदवारी घोषणा गरेको हुँ।’

कँडेलले लामो समयदेखि अस्ट्रेलियाको विभिन्न आपतकालीन अवस्थाहरूमा अग्रपङ्तिमा रहेर सेवा गरेका छन्।

अस्ट्रेलियाली सरकारबाट नेशनल इमरजेन्सी मेडल पाएका उनले गरेका सामाजिक कार्यको एउटा उदाहरण क्वीन्सल्यान्ड र न्यू साउथ वेल्सको बाढीमा परेकालाई गरेको सेवा पनि हो।

501abf69-8fa0-496a-8e30-ef93b6dc75d9

अस्ट्रेलियामा लागेको डढेलो जसले संसारको ध्यान तानेको थियो, त्यस पीडामा रहेकालाई राहत बितरण गरेका उनले न्यू साउथ वेल्स प्रिमियर सम्मान पनि पाएका थिए। 

यत्ति मात्र उनी उम्मेदवार बन्नुको योग्यता होइन। 

दीर्घकालिन मानवीय सेवा कायम गरेका उनले सेवामुखि संस्था रेडकक्रस अस्ट्रेलियाको सम्मान पाएका छन्। यसबाहेक कन्ट्री वुमिन अस्ट्रेलिया न्यू साउथ वेल्स र रेडक्रससँग मिलेर प्रभावित क्षेत्रहरुमा उनी राहत वितरणमा सक्रिय भएका थिए। 

बहुसांस्कृतिक युवासँगको कार्यगत संलग्नता, समावेशी कार्यक्रम र विविधता प्रवद्र्धनमा सक्रिय भूमिका उनका प्राथमिक काम हुन्। र, उम्मेदवारीसँग उनले युवाका लागि केही कार्यदिशाको योजना पनि बनाएका छन्। 

f78bdd26-9a1e-4d94-9ac3-1b813494b543

यथार्थमा आधारित सशक्तिकरण जसमा सीप विकास, आत्मविश्वास, र नेतृत्वको अवसर दिन सकिन्छ, ग्लोबल नेटवर्किङ जसबाट नेपाली युवालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न सकिने योजना कँडेलसँग छ।

शिक्षा, उद्यमशीलता र नेतृत्व विकासमा पहुँच अर्को योजनाको प्रारुप हो भने नेपाली भाषा, संस्कृति र पहिचानको जगेर्ना र नयाँ पुस्तामा गर्वका साथ पहिचान विस्तारलाई ग्राहयता दिनु युवा उप संयोजक उम्मेदवार कँडेलको अर्को योजना हो।

कुराले च्यूरा भिज्दैन भन्ने विषयमा जानकार कँडेल भन्छन्,‘सहभागी भएर गर्न सक्ने विषयलाई योजनाका रुपमा अघि सारेको हुँ।’ उनले एनआरएनएको नेतृत्वमार्फत युवाको आवाज बुलन्द बनाउन चाहेको बताएका छन्।

सम्राट कँडेलले सम्पूर्ण एनआरएनए अस्ट्रेलिया सदस्य तथा युवाहरूसँग साथ, समर्थन र मार्गदर्शनको अपेक्षा गरेका छन्।

उनी भन्छन्,‘हामीले नेपाली समुदाय र अन्यका लागि चाहेर पनि गर्ने संस्था एनआरएनए नै हो। यो साझा छातामुनी रहेर जिम्मेवारी लिने निर्णय होसले गरेको हुँ, युवा भएका कारणले जोश स्वभाविक विषय हो।’