काठमाडौं—धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफू देशको नेतृत्व लिन तयार रहेको घोषणा गरेका छन् । बुधबार जंगीअड्डा परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले जनताले साथ दिएमा आफू अगाडि बढ्न तयार रहेको स्पष्ट पारेका हुन् ।

साम्पाङले भने, “मलाई साथ दिनुहुन्छ भने देशको नेतृत्व लिन तयार छु ।” यसअघि ‘जेनजी’ समूहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नेतृत्वका लागि प्रस्ताव गरेको थियो ।

तर आन्दोलनमा संलग्न युवाहरूबीच विभिन्न नामबारे छलफल चलिरहेको अवस्थामा साम्पाङले खुलेर आफ्नो तयारी सार्वजनिक गरेका हुन् ।