काठमाडौँ—प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले देशमा सिर्जित विषम परिस्थितिमा संवैधानिक प्रक्रियाबाटै निकास खोज्नुपर्नेमा जोड दिएका छन्।
शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै राष्ट्रपतिले समाधानको पहल गरिरहेको जनाएका छन्। साथै विधिको शासन र संविधानवादबाट बाहिर जान नहुनेमा जोड दिएका छन्।
विज्ञप्तिमा २३ र २४ भदौमा जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति संघीय संसदले गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाएका युवाहरूलाई श्रद्धाञ्जली अर्पण गरिएको छ।





















